|

तनहुँ: जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले दुर्घटना न्यूनीकरणका लागि राडर गन (गति मापन यन्त्र) प्रयोग गर्ने भएको छ। जिल्लाको अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको भन्दै प्रहरीले राडार गनको प्रयोग गर्ने भएको हो। 

तनहुँ प्रहरी र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एक सार्वजनिक कार्यक्रमको आयोजना गरी जिल्लामा हुने सवारी दुर्घटना रोक्न राडार गन प्रयोगमा आएको बताएका हुन्।

जिल्लामा पहिलोपटक राडर गन भित्र्याएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। उनका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि कोत्रेसम्मको ७२ किलोमिटर सडक खण्डमा राडर गन प्रयोग हुनेछ।

शहरी क्षेत्र, घुक्ति, सिधा ठाउँलगायतका क्षेत्रलाई आधार मानी गति तोकेर सूचनामूलक बोर्ड राखिने र गति नियन्त्रण नगर्ने सवारी चालकलाई कारबाही गर्ने उपरीक्षक शाहले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.