|

बागलुङ : साउन महिनाको पहिरो सोमबार धौलागिरीका शिव मन्दिरहरुमा ठूलो भीड लागेको छ। बागलुङको गौरीधाम शिव मन्दिर, म्याग्दीको गलेश्वर, पर्वतको गुप्तेश्वर, जैमिनीधाम, तित्याङ, बिहुँ, खनियाघाट लगायतका शिव मन्दिरमा सयौं भक्तजन पुगेका हुन्।

साउनमा हिन्दुहरुले शिवको पूजा गर्ने र ब्रत बस्ने गर्छन्। साउनभर शाकाहारी भोजन गर्ने, सोमबार ब्रत बस्ने र मन्दिरमा पूजागर्ने चलन छ। पहिलो सोमबार सबै मन्दिरहरुमा बिहान सबेरैदेखि ठूलो भीडभाड थियाे। पूजा गर्नेहरूले आँटेताकेको पुग्ने, मनमा शान्ति हुने लगायतले मन्दिर जाने गरेको बताए। शिवको ब्रत अधिकांश महिलाले बस्ने गर्छन्। पुरुषहरू पनि शिवको पूजामा लाग्ने गरेका छन्।

साउनमा शिवको पूजा गर्नेले शिव जस्तै पति पाउने विश्वास गर्छन्। बिवाहितले भने पति पत्निको सम्बन्ध प्रगाढ बढाउने बताए। यसैबीच गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिले लाखौं खर्चेर मन्दिर परिसरलाई सफा र आर्कषक बनाएको छ। भूकम्पले चर्किएकोले मुख्य मन्दिरको जिर्णोद्वार गर्नका लागि नगरपालिकामा सहयोग मागेको अध्यक्ष टेकनाथ शर्माले बताए। ‘अरु मन्दिरका मूर्ति मानिसले बनाएका हुन् भने यहाँ आँफै उत्पति भएको मूर्तिमा मन्दिर बनाइएको छ।’ दशक अघि मोटर बाटो खन्ने क्रममा यहाँ मूर्ति भेटिएपछि मन्दिर बनाएर पूजा गर्न थालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.