|

रौतहट : अत्यधिक गर्मी भएपछि आइतबार दिउँसो पौडी खेल्न गएका २ जना युवा सोमबार बिहान मृत अवस्थामा भेटिएका छन्। रौतहटको पर्यटकीयस्थल नुनथरको बागमती नदीमा पौडी खेल्न गएका सर्लाहीका दुई युवाको सोमबार बिहान शव भेटिएको हो।

गर्मी छल्न बाग्मती नदीको चिसो पानीमा नुहाउन गएका तीनजनामध्ये सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगञ्ज निवासी २२ वर्षीय सञ्जय बस्नेत र २२ वर्षीय राजेश भोलनको शव सोमबार बिहान भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ। आइतबार दिउँसोदेखि ती युवा बेपत्ता रहेका थिए।

मृतक बस्नेतको शव घटनास्थलभन्दा ८०० मिटर दक्षिण बागमती खोलाको ड्याममा र अर्का मृतक राजेश भोलनको शव घटनास्थलभन्दा डेढ किलोमिटर दक्षिण बागमती नगरपालिका १२ बागमती नदीमै भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन्।

मध्यतराईकै पर्यटकीयस्थलका रूपमा रहेको नुनथर क्षेत्रमा हरेक वर्ष पौडी खेल्ने क्रममा युवाको ज्यान जाने गरेको छ। अत्यधिक गर्मी भएको कारण नुनथर क्षेत्रको बागमती नदीमा युवा सो ठाउँमा पौडी खेल्न जाने गरेका छन्। सो ठाउँमा पौडी खेल्न मनाही लेखिएको भएता पनि पौडी खेल्ने क्रम भने रोकिएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.