|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले कांग्रेसले केसीको स्वास्थ्यमाथि राजनीतिक स्वार्थ जोडेर खेलबाड गरिरहेको आरोप लगाउँदै वरिष्ठ चिकित्सक केसीलाई सचेत पनि गराए।

सोमबार काठमाडौंमा पुष्पलाल स्मृद्धि दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार गर्न तयार रहेको उल्लेख गर्दै त्यसको नेतृत्व लिन पनि केसीलाई आग्रह गरे। उनले केसीका वरिपरि बसेकाहरूले ‘आमालाई घमलंग अँगालो हालेर नाकको फुली थुते’जस्तो व्यवहार गोविन्द केसीका वरिपरि रहनेहरूले गरेको भन्दै आक्रोश पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले गोविन्द केसीलाई उपचार गर्न नदिनुको कारण स्पष्ट पार्न पनि नेपाली कांग्रेसलाई चेतावनी दिए। उनले चिकित्सकहरूले अस्पतालको सेवा बन्द गराएकोमा पनि आक्रोश व्यक्त गरे। प्रधानमन्त्री ओलीले आमरण अनशन मानवअधिकारविरोधी गतिविधि भए पनि त्यसको पक्षमा विरोध प्रदर्शन गरेको भन्दै मानवअधिकारकर्मीहरूप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीजस्तो न्यायको सर्वोच्च निकायमा पुगेकाहरु निषेधित क्षेत्र तोड्न पुगेको भन्दै आपत्ति पनि जनाए।

प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको दाबी पनि गरे। सरकार आवेश, उत्तेजनाजस्ता कुनै पनि गतिविधिमा संलग्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.