|

‘मेरा लागि गणितको त्यो सूत्रको कुनै मतलब नै छैन, जुनबाट मलाई अध्यात्मिक विचार नमिलेको होस्।’
– श्रीनिवास रामानुजन 

गणितको कुनै विशेष अध्ययन नगरेका श्रीनिवास रामानुजन आधुनिक समयका एक महान् गणितज्ञ हुन्। भारतीय नागरिक श्रीनिवासको के दाबी थियो भने उनका आँखा अगाडि गणितका कठिन समस्याहरू आफैँ समाधान हुन्थे।  

‘अन्तरज्ञानका कारण सापेक्षताको सिद्धान्त ममा घटित भएको थियो र त्यो अन्तरज्ञानको कारक संगीत थियो।’

–अल्बर्ट आइन्सटाइन

महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको भ्वाइलिन बजाउनमा निकै चाख थियो। जब भौतिक विज्ञानसम्बन्धी कुनै समस्या समाधन गर्नमा उनले कठिनाइ महसुस गर्थे, उनले केही बेर भ्वाइलिन बजाउँथे अनि भ्वाइलिन बजाएपछि त्यस्ता समस्याको उनले सहज रूपमा समाधान गर्दथे। 

यी दुई प्रसंग त प्रतिनिधि उदाहरण मात्र हुन्। कतिपय मानिसले आमसन्दर्भमा कल्पना नै गर्न नसक्ने गरी उत्कृष्ट सिर्जना गरेका छन्। मानौँ, कुनै अविदितको देशबाट तिनले कुनै जादूको छडी चोरेर आएका हुन्। मानौँ, कुनै दैवी शक्तिले तिनलाई साथ दिएका हुन्। आजसम्मको मानव इतिहास साक्षी छ– साहित्य, कला, संगीत, गणित वा अन्य वैज्ञानिक उपलब्धिका सन्दर्भमा सिद्धान्त बुझेकाहरूले, किताब पढेकाहरूले भन्दा नपढेकाहरूले कल्पनान्तर सिर्जना गरेका छन्। जसका सिर्जनामा औलौकिकता देखिएका छन्, तिनीहरूले आफ्नो अनुभव सुनाउने सन्दर्भमा बारम्बर भनेका छन्, ‘म आँखा चिम्म मात्र गर्छु, बाँकी आफैँ हुन्छ।’ त्यस्तो कुन जादू छ, जब साहित्यकारले आँखा चिम्म गर्दा उसको आँखा अगाडि शब्दहरू लहर मिलेर आउँछन्। त्यस्तो कुन जादू छ, जब संगीतकारले आँखा चिम्म गर्दा संगीतका विटहरू आँखा अगाडि चित्र भएर आँउछन्। त्यस्तो कुन जादू छ, गणितज्ञले आँखा चिम्म गर्दा अंकहरू नाच्न थाल्छन्। के हो यो रहस्य?

धेरै अघिदेखि धार्मिक ग्रन्थहरूमा ब्रह्माण्डलाई चेतनाको विशाल केन्द्र मानिएको प्रसंग धेरै ठाउँहरूमा उल्लेख छ। आधुनिक समयमा पनि केही सय वर्षअघिबाट युनिभर्सल कन्ससनेस, कसमस इनर्जी, ग्लोवल कन्ससनेस, ग्लोवल इन्टलिजेन्स आदि नाम दिएर ब्रह्माण्ड आफैँमा एक चेतना हो भन्ने युरोप, अमेरिकाका लेखकहरूले समेत लेख्दै आएका छन्। तर यसका सन्दर्भमा वैज्ञानिकहरूले विभिन्न किसिमका वैज्ञानिक परीक्षण गर्ने कार्य भने २०औँ शताब्दीको मध्यपछिबाट मात्र गरेका पाइन्छ। 

महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले प्रतिपादन गरेको सिद्धान्त ई‍=एमसी विज्ञानको सन्दर्भमा एउटा कोशेढुंगो साबित भयो। किनकि त्यही विन्दुबाट वैज्ञानिकको एक धारले अदृश्य ऊर्जाको अध्ययन गर्न थाल्यो। आज विज्ञानको एउटा धार क्वान्टम फिजिक्सले युनिभर्सल कन्ससनेस नाम दिएर ब्रह्माण्डमा सर्वव्याप्त ऊर्जाको अध्ययन गर्दै छ अनि उनीहरूले दाबी गरेका छन् कि ब्रह्माण्ड आफैँमा एक चेतनाको पावर बैंक हो। 

ब्रह्माण्ड आफैँमा असीम ज्ञान, कला, कल्पनाशीलताको भण्डार हो अनि मानिसले त्यस्तो चेतनाको उपयोग गर्न सक्छन्। जब मानिसले त्यस्तो ब्रह्माण्डीय चेतनाको उपयोग गरेर सिर्जना गर्छ, त्यो औलोकिक बन्छ। तर किन त आमसन्दर्भमा हामी यस्तो ब्रह्माण्डीय चेतनाको उपयोगबाट विमुख छौँ त?

किन ब्रह्माण्डीय चेतनालाई उपयोग गर्न सक्दैनौँ?

मानिसको शरीर र चेतनाको असीमित शक्ति भए तापनि हामी किन ब्रह्माण्डीय चेतनालाई उपयोग गर्न सक्दैनौँ भन्ने सन्दर्भमा दर्जनौँ वैज्ञानिक अध्ययनहरू भएका छन्। सम्वद्ध क्षेत्रका वैज्ञानिकहरूको मत छ कि हामी एक जैविक एन्टेना हौँ। संचार जगतमा प्रयोग भएका भौतिक एन्टेना जस्तै हामीसँग पनि निश्चित संकेत उत्पादन गर्न सक्ने र त्यसलाई रूपान्तर गर्न सक्ने क्षमता हुन्छ। हामी हरेकमा ब्याट्रीमा जस्तै करेन्ट हुन्छ। हामीमध्ये पनि अधिकांशसँग अनुभव पनि छ कि रेडियोको एरियल समातेमा रेडियो अलि सफा सुनिन्छ। तर आम सन्दर्भमा हाम्रो शरीरले आकाशमा निकै नै कम करेन्ट फाल्छ। तरंगको क्षमताका आधारमा संकेत समात्न र फाल्न सक्ने कुराको निर्धारण हुने हुँदा हामीले चाहनाअनुसार ब्रह्माण्डीय चेतनाको उपयोग गर्न सक्दैनौँ। 

हाम्रो शरीरमा सातवटा केन्द्र छन्, जहाँबाट तरंग निस्किन्छ। यस्ता तरंगको क्षमता हाम्रो सोच र भावअनुरूप परिवर्तित भइरहन्छ। हामी खुसी हुँदा हाम्रो शरीरका केन्द्रहरूको तरंग शक्तिशाली बन्छ भने दुःखी हुँदा क्रमशः कमजोर हुन्छ। 

विभिन्न समयमा हाम्रो शरीरका विभिन्न भागहरूका तरंगका सम्बन्धमा वैज्ञानिक परीक्षणहरू गरिएका छन्। सन् २००९ को एक परीक्षणअनुसार सामान्य अवस्थामा मानिसका मस्तिष्कको ३० देखि १०० मिलिभोल्ट र डिप्रेसन भएकाहरूमा पाँचदेखि नौ मिलिभोल्ट करेन्ट बराबरको मात्र तरंग उत्पादन गर्न सक्ने क्षमता हुन्छ, जबकि टेलिभिजनको रिमोटमा राख्ने खालको एक समान्य ब्याट्रीमा १.५ भोल्टको करेन्ट हुन्छ। तर वैज्ञानिक परीक्षणमा मानिसको तरंगीय शक्तिको सन्दर्भमा अर्को पाटो पनि उजागर भएको छ। चाइनिज चिगाङ् मास्टर, हिलर, उच्चस्तरका खेलाडीहरू, साइकिक व्यक्तिहरूको मस्तिष्कको तरंग फाल्न सक्ने क्षमता आममानिसमा भन्दा धेरै हुन्छ। सन् १९७० को दशकमा गरिएको एक परीक्षणअनुसार सामान्य मानसिक अवस्थामा उनीहरूको मस्तिष्कको करेन्टको तरंग २५ देखि २५० भोल्टको पाइयो। 

मस्तिष्कबाट निस्किने विचार तरंग हो अनि हृदयबाट निस्किने भाव पनि तरंग हो। हामी दुःखी भएको बेला हाम्रो मस्तिष्कको तरंग र हृदयको तरंग वा शरीरको अन्य केन्द्रको तरंग एकआपसमा जुधेर घटेर निम्न शक्तिको बन्छ भने सामान्य अवस्थामा यिनीहरूले एकअर्कालाई प्रभाव पार्दैनन्। त्यही कारण तरंगको शक्तिमा क्षय हुँदैन तर करुणाको अवस्था, पवित्र प्रेम गरेको अवस्था, अरूको निम्ति कामना गरिएको अवस्था, मन प्रफुल्लित भएको अवस्था आदिमा भने शरीरका विभिन्न केन्द्रबाट निस्किएका तरंगहरूले एकआपसमा सहकार्य गर्छन् र तिनीहरूको तरंगको शक्ति उच्च बन्दै जान्छ। 

वैज्ञानिकहरूका अनुसार आममानिसका मस्तिष्कको तरंग करुणाको भाव भएको बेला ३१ सय भोल्टसम्म पुग्छ। उनीहरूका अनुसार शरीरको विद्युत चुम्बकीय क्षेत्र शरीरभन्दा १० देखि १२ फिट परसम्म फैलिएको हुन्छ। मस्तिष्कको तरंगभन्दा हृदयको तरंग धेरै बढी हुन्छ। हृदयको तरंग मस्तिष्कको तरंगभन्दा ४० देखि ६० गुणा शक्तिशाली हुन्छ। 

शरीरको तरंगको उच्चतम उपयोग

शरीरका तरंगद्वारा ब्रह्माण्डीय चेतनालाई प्रयोग गर्ने सन्दर्भमा जे कुराको संकेत ग्रहण गर्न हामीले भाव गर्छौं, सोहीअनुसारको संकेत हाम्रो शररले समात्छ। जस्तै : साहित्य सिर्जना गर्ने भाव आयो भने ब्रह्माण्डीय चेतनाको सम्बन्धित ज्ञानको हामीले प्रयोग गर्न सक्छौँ तर ब्रम्हाण्डीय चेतनालाई प्रयोग गर्ने सन्दर्भमा केही सर्त छन्। सम्बन्धित मानिसको शरीरको तरंगको फ्रिक्वेन्सी र उसको आसपासको आकाशमा भएको तरंगको फ्रिक्वेन्सीबीच टयुनिङ मिल्न आवश्यक छ। यस्तो अवस्थाका लागि ‘म’ भन्ने भाव विलय भई निर्विचारको अवस्थामा पुग्नुपर्छ। त्यस्तो अवस्थामा चेतना सक्रिय हुन्छ। ‘म’ भन्ने भाव नै विचारको प्रतिफल हो। मानिसको विचार सीमित छ। सीमित विचारले गरेको चिन्तन र त्यसबाट उत्पन्न उपलब्धि पनि सीमितै हुन्छ। तर चेतनाको सन्दर्भ अलि फरक छ। विचारको सीमा हुन्छ तर चेतना अनन्त छ। चेतना मस्तिष्कमा विचार बिलाएर सम्पूर्ण रूपमा चिजहरूको महसुसीकरण गर्नसक्ने अवस्था हो।

जब ‘म’ भन्ने भाव रहँदैन हाम्रो चेतना ब्रह्माण्डीय चेतनासँग एकाकार हुन्छ। जुन बेला वैज्ञानिकहरूमा ‘म’ भाव भन्ने विलय भएको छ, तब ठूलाठूला आविष्कारहरू भएका छन्। सपनामा मानिसको ‘म’ भन्ने भाव विलय हुने भएकै कारण धेरै वैज्ञानिक उपब्धिहरू सपनामा भएका छन्। पिरियोडिक टेबलदेखि मानव कोषिकाको आन्तरिक संरचनाको सन्दर्भमा वैज्ञानिकहरूले पाएका उपलब्धि सपनाकै प्रतिफल हुन्। सपनामा समस्या समाधान भएकाको भीडमा दुई फरक विधा भौतिक शास्त्र र रसायन शास्त्रमा नोबेल पुरस्कार जित्ने म्याडम क्युरीसम्म छन्। 

आर्किमिडिजले अप्थर्स्ट फोर्ससम्बन्धी आर्किमिडिज ल प्रतिपादन गरेको बखतमा वैज्ञानिक आर्किमिडिज ‘युरेका, युरेका’ भन्दै नांगै बाटोमा दौडेका थिए। यसको अर्थ पनि यति हो कि उक्त समयमा उनले आफैँलाई भुलेको भएर उसलाई नांगै हुनुको होस नभएको हो। 

मानव शरीरका विभिन्न केन्द्रबाट निस्किएका तरंगको गतिका सन्दर्भमा उनका अनुसार चेतनाको गति प्रति सेकेण्ड ३४.७ खर्ब माइल हुन्छ। भावको गति प्रति सेकेन्ड ६४ हजार ६४० खर्ब माइल हुन्छ। तेस्रो आँखा भएको स्थान, जसलाई उनले क्राउन सेन्टर भने, बाट निस्कने तरंगको गति अलिक कम प्रति सेकेन्ड २.५ मिलियन लाइट इयर हुन्छ। सूर्यले एक वर्षमा पार गर्ने दूरी एक लाइट इयर हो। एक लाइट इयर बराबर ९५ खर्ब किलोमिटर हुन्छ।

शरीरको तरंगको अध्ययनको आधार 

हुनत क्वान्टम फिजिक्सले धेरै टाढा भएका एउटै वस्तुका दुई एटमबीचको समानान्तर प्रभावका सन्दर्भमा धेरै पहिलेदेखि नै अध्ययन गर्दै आएको थियो। तर धेरै टाढा रहेका मानिस र मानिसबीचको मानसिक वा भावपरक सम्बन्धका बारेमा भने केही पछि अध्ययन गरेको हो। वैज्ञानिक परीक्षणहरूमा हरेक पटक कुनै मानिसको अवस्थाअनुरूप र धेरै टाढा राखिएको सम्बन्धित मानिसको कोषिकाले समानान्तर प्रतिक्रिया दिएको पाइयो। परीक्षणमा सहभागी मानिस एकातिर आनन्दित हुँदा र तनावमा हुँदा अर्कोतिर त्यो मानिसको सेल पनि अवस्थाअनुसार आनन्दित र तनावित भएको पाइयो। यही कुरा नै टेलिप्याथी वा क्वान्टम कम्युनिकेसन अध्ययन अनुसन्धानका लागि आधार भयो। 

विभिन्न समयमा विचारको तरंग र भावको तरंग (टेलिप्याथिक कम्युनिकेसन)को परीक्षण गर्ने सन्दर्भमा वैज्ञानिकहरूले सर्वप्रथम त उपयुक्त मानिसहरूलाई छनोट गरे। यस्तो छनोट गर्दा मिल्ने साथी भएका साइकिक मानिसहरूलाई छनोट गरे। उनीहरूलाई शरीरका विभिन्न केन्द्रहरूका शक्ति वृद्धि गर्ने र एकअर्कासँग तरंगलाई ट्युनिङ गर्ने सन्दर्भमा तालिम दिए अनि तिनीहरूलाई एकआपस भन्दा कोसौँ टाढा राखे र परीक्षण गर्न थाले।

यस्ता परीक्षण पृथ्वीबाहिर पनि भएका छन्। सन् १९७१ म एपोलो– १४ का एक चालक दलका सदस्यले दुई हजार कोस टाढादेखि चन्द्रमाबाट पृथ्वीमा फर्कने क्रममा विभिन्न कार्डहरूका माध्यमबाट विचारका तरंगको परीक्षण गरिएको थियो। यस्ता परीक्षणबाट के निष्कर्ष निस्कियो भने विचार वा भावको तरंग करेन्टको सहाराबाट उत्पादित रेडियो तरंग जस्तै हुन्छ। तर रेडियो तरंगको तुलनामा विचार वा भावको तरंगका केही विशेष गुणहरू पनि फेला पारियो। त्यस्ता तरंग पृथ्वीका जुनसुकै कुनामा पनि तत्क्षण नै पुगे। तरंग पठाउने र पाउने मानिस जतिसुकै टाढा भए पनि तरंगको शक्तिमा ह्रास आएन अनि त्यस्ता तरंगलाई महलहरू, हिमालहरू वा अन्य कुनै अग्लो भौतिक कुराले छेक्न सकेन। 

त्यस्तै, त्यस्ता तरंग नितान्त व्यक्तिगत थिए, जसलाई पठाएको उसले बाहेक अर्कोले त्यस्तो तरंगलाई समात्न सक्दैनथ्यो। मानव शरीरका विभिन्न केन्द्रहरूका तरंगको परीक्षण गर्ने सिलसिलामा भौतिकशास्त्रका प्राध्यापक कन्सटेन्ट केनिकोभले एक क्यामेरा बनाए, जसलाई उनले जिडिभी नाम दिए। उक्त क्यामेराको मद्दतद्वारा मानव शरीरका ऊर्जाका विभिन्न सात केन्द्रहरू, तिनका तरंगहरू, टेलिप्याथीको प्रक्रिया र हिलिङ गरिएका चित्रहरू देख्न सकिन्छ। 

यस्ता टेलिप्याथिक कम्युनिकेसनका सन्दर्भमा परीक्षण मात्र भएका छैनन्, विभिन्न कामका सन्दर्भमा उपयोग पनि गरिएको छ। सत्तरीको दशकदेखि रसियाले र सन् १९८५ बाट अमेरिकाले पनि विमान हराउँदा, विपक्षीहरूले शक्तिशाली हतियारको परीक्षण गरेको कुरा पत्ता लगाउन थोरैको संख्यामा यस्ता साइकिकहरूलाई जागिर दिएका थिए। 

शरीरको तरंगको शक्ति

मानव शरीरका सन्दर्भमा डाक्टर विलियम टेलरले त एक कदम अगाडि बढेर असीमित संभावनाको चर्चा गरेका छन्। मानव शरीरका विभिन्न केन्द्रबाट निस्किएका तरंगको गतिका सन्दर्भमा उनका अनुसार चेतनाको गति प्रति सेकेण्ड ३४.७ खर्ब माइल हुन्छ। भावको गति प्रति सेकेन्ड ६४ हजार ६४० खर्ब माइल हुन्छ। तेस्रो आँखा भएको स्थान, जसलाई उनले क्राउन सेन्टर भने, बाट निस्कने तरंगको गति अलिक कम प्रति सेकेन्ड २.५ मिलियन लाइट इयर हुन्छ। सूर्यले एक वर्षमा पार गर्ने दूरी एक लाइट इयर हो। एक लाइट इयर बराबर ९५ खर्ब किलोमिटर हुन्छ। 

डाक्टर टेलरले भनेअनुरूप उच्चतम तहमा मस्तिष्क केन्द्रबाट तरंग निस्किएमा पृथ्वीभर, हृदय केन्द्रबाट तरंग निस्किए पृथ्वी अवस्थित भएको ग्यालेक्सीभर र तेस्रो आँखामा भएको केन्द्रबाट तरंग निस्कने हो भने मानिसले अर्को ग्यालेक्सीका ग्रहहरूसँग समेत सम्पर्क स्थापना गर्न सक्छन्।

आधुनिक विज्ञानमा विश्वास गर्नेहरूका लागि यस्ता कुराहरू अपत्यारिला लाग्न सक्छन् तर केही प्रमाणहरू छन्, जसलाई भौतिक विज्ञानले नकार्न सक्दैन। उदाहरणका लागि ‘ॐ’ ध्वनि सूर्यको ध्वनि हो भनेर केही वर्षअघि नासाले पुष्टि गरेको छ। तर यो ध्वनि धेरै अघि वैदिक परम्परादेखि मन्त्रहरूमा प्रयोग हुँदै आएको छ। मानिसले २० हर्जदेखि २० किलो हर्जभन्दा कम वा बढी ध्वनि सुन्न सक्दैन। जब नासाका वैज्ञानिकहरूले सूर्यको ध्वनि रेकर्ड गरे, तिनीहरू आश्चर्यचकित भए– कसरी यतिका धेरै वर्ष अगाडिबाट सूर्यको ध्वनि प्रयोगमा आउँदै गरेको होला भनेर। धेरै अगाडि हाम्रा ऋषिहरूले जे पत्ता लगाएका थिए, आज आधुनिक विज्ञान त्यस्ता कुरा पत्ता लगाउन बल्ल वामे सर्ने अवस्थामा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अनलाइन मेडियामा अध्यात्म सम्बन्धी कमै सञ्चार माध्यमले कलम चलाउँछन् । कीनकी यस विधामा हावा गफ, झर्रो कुरा एवं रकमी हरफहरू उल्लेख गर्न मिल्दैन । यस्ता लेखहरूको निरन्तरताको कामना गर्दै फेरी फेरी यस्तै लेख अध्ययन गर्न पाउने अपेक्षासमेत गर्दछु