|

काठमाडौं : दास प्रथा, सती प्रथा, छुवाछुत, बहुविवाह आदिविरुद्ध आफ्ना अनुयायीसहित अरुण नदीमा आत्मदाह गरेकी समाज सुधारक योगमाया न्यौपानेको स्मृतिमा यस पटक नेपाल स्रष्टा समाजले राजधानीमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।

प्रज्ञा भवन कमलादीमा भएको उक्त कार्यक्रममा योगमाया न्यौपानेका जीवनका अनेक घटनालाई शब्दमा लिपिबद्ध गरेर आख्यानका रूपमा बजारमा ल्याएकी आख्यानकार तथा कवि नीलम कार्की निहारिकालाई यस पटकको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान प्रदान गरिएको थियो। योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान संस्कृति तथा इतिहासविद् ज्ञानमणि नेपाललाई प्रदान गरियो।

नेपाल स्रष्टा समाजले  योगमायाको योगदानका बारे चर्चा गर्दै पछिल्लो क्रममा उनको खोजीनीति जनस्तरबाट भएकामा खुसी प्रकट गरेको बताएको छ। उनको  योगदान र  जीवनका बारे थप अनुसन्धानमा सरकारको पनि पहल हुनुपर्ने कार्यक्रममा बोल्ने अधिकांश वक्ताको माग थियो। वक्ताहरूले समाज सुधारक योगमायालाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्नुपर्ने धारणासमेत व्यक्त गरेका थिए।

सम्मान ग्रहणपश्चात थाहाखबरसँग कुरा गर्दै निहारिकाले आफूलाई सम्मानित गर्न योग्य ठानेकामा समाजप्रति आभार प्रकट गरिन्। कुनै पनि कृति लेख्नुपूर्व पुरस्कारका लागि नलेखिए पनि यस्ता खाले सम्मानले लेखनमा थप ऊर्जा मिल्ने उनको भनाइ थियो।

कार्यक्रममा 'स्रष्टा दर्पण' पत्रिकाको नयाँ अंकसमेत विमोचन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.