|

गुल्मी : चन्द्रकोट गाउँपालिका–४ डाडाबन लाकुरे पोखरामा यौन सम्पर्क गर्न नमानेपछि ६८ वर्षीय एकल महिला सुमित्रा सार्कीको हत्या गरेको खुलेको छ।

मादक पदार्थ सेवन गरेका एकै घरमा बस्दै आएका ४२ वर्षीय गोकुल सार्कीले यौन प्रस्ताव गरेको र महिलाले नमान्दा स्तन र कन्चेटमा मुक्का प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए। यादवका अनुसार साउन ४ बेलुका चार बोतल रक्सी ल्याई दुवै जनाले सेवन गरेका थिए। मादक पदार्थ सेवन गरी यौन प्रस्ताब राख्दा अस्विकार गरेको झोकमा हत्या गरेको गोकुलले स्वीकार गरेको प्रहरीको भनाइ छ।

गोकुलले महिलालाई साउन ४ राति हत्या गरी शवलाई च्यादरले ढाकी अन्यन्त्र गई बसेका थिए। साउन ६ मा गाउँले महिलाले भैंसी कराएको सुनेपछि घरमा जाँदा ती महिलाई मृत अवस्थामा देखेका थिए। यसपछि गाउँमा हारगुहार गरी प्रहरीलाई खबर गरेका थिए। महिलाको हत्याको आरोपमा गोकुललाई नियन्त्रणामा लिई अनुसन्धान सुरु गरेको छ।

महिलाको शव सोमवार जिल्ला अस्पताल गुल्मीमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.