|

काठमाडौं: डिल्लीबजार कारागारमा विभिन्न अभियोगमा कैद जीवन भुक्तान गर्नेहरुमा पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) ओमविक्रम राणादेखि चर्चित गुण्डा नाइके भनेर चिनिएका राजिव गुरुङ (दिपक मनाङे) र गणेश लामा समेत छन्।

उपत्यकामा रहेका नख्खु कारागार र केन्द्रीय कारागार सुन्धाराको तुलनामा डिल्लीबजार कारागारमा पूर्व भिआइपी बढी राखिने गरेको डिल्लीबजार कारागारका प्रमुख अरुण पोखरेलको भनाई छ। ‘कैद भुक्तान गर्नेहरुमा पूर्व भिआइपीहरु यहाँ राखिएका छन्, त्यसकारण कारागारभित्रको सुरक्षा, खानपान ,सरसफाइदेखि हरेककुरामा सगज हुनु पर्छ,’ उनले भने। डिल्लीबजार कारागार चार रोपनी क्षेत्रफल जग्गामा बनाइएको छ।

हाल डिल्लीबजार कारागार भित्र कैद जीवन भुक्ता गर्ने भिआइपीहरुमध्ये पूर्व प्रहरी आइजिपी ओमबिक्रम राणा, दिपक मनाङे, गणेश लामा, रेशम चौधरी, पूर्व सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) रन्जन कोइराला रहेका छन्। पूर्व प्रहरी आइजिपी राणा सुडान घोटाला काण्डमा दोषी ठहर हुदै दुई वर्ष कैद सजाय तोकिएको हो। उनी एक वर्षदेखि डिल्लीबजार कारागारमा कैद जीवन भुक्तान गरिरहेका छन्।

दिपक मनाङे मनाङ प्रदेशसभा २ बाट निर्वाचित सांसद हुन्। २०६१ सालमा चक्रेमिलन समुह संगको खुकुरी प्रहारको घटनामा दोषी ठहरिएपछि उनको सांसद पद गुमेको हो। तत्कालिन पुनरावेदन अदालत पाटनले ०६९ साल साउन २८ गते ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो। अदालतको फैसला अनुसार उनी बैसाख ७ गतेबाट जेल जीवन भुक्तान गर्दै छन्। यस अघि पनि सोही मुद्धामा दुई वर्ष जेल बसिसकेका छन्।

रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्रनम्बर १ बाट निर्वाचित सदस्य हुन्। ०७२ भदौ ७ गते थारुहट अान्दोलनका क्रममा टीकापुर घटनाको मुख्य पात्र चौधरी हरेको अभियोगमा उनी पुर्पक्षकोलागि जेल चलान भएका हुन्। सोही अभियोगका कारण उनको सांसद पद समेत गुमेको हो।  त्यस्तै लामा काभ्रेबाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन्। उनी पेस्तोलसहित ३० फागुनमा काठमाडौंबाट पक्राउ परेपछि हातहतियार तथा खरखजना ऐनअन्तर्गत पुपक्षका लागि डिल्लीबजार कारागार चलान भएका हुन्।

पूर्व डिआइजी रन्जन कोइरला भने आफ्नै पत्ती गिता ढकालको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद भएका हुन्। उनी ०६८ साल फागु देखि डिल्लीबजार कारागारमा कैद जीवन भुक्तान गर्दै छन्। 

खास रोलमा मनाङे

डिल्लीबजार कारागारमा कैद भुक्तान गर्ने कैदीहरुमध्ये अहिले कारागारको खास रोलमा दिपक मनाङे छन्। मनाङे बिहान ५ बजे नै उठ्छन्। उठ्नासाथ फ्रेस हुने मनाङगे सात बजे देखि भने एक घण्टा जिम गर्ने र अरु सामान्य खेल खेल्ने गर्छन्। १० - ११ बजे खाना खाएपछि मनाङे कारागारमा नयाँ आउने र विभिन्न अभियोगका कैदी जीवन भुक्तान गरिरसहेका कैदीहरुलाई काउन्सेलिङ गर्ने गर्छन्। कैदीलाई जीवन, भोगाई लगायतका थुप्रै विषयमा उनले गफ सुनाउँछन्। यस्तो लाग्छ उनी 'लाइफ कोच' हुन्। 

दिनभरी बिभिन्न समुह बनाएर उनी काउन्सेलिङ गर्ने गरेको कारागार स्रोतको भनाई छ। उसो त मनाङगेको पहिला देखिनै शारीरिक अभ्यास गर्नु र वरिपरि दुईचार जना राखेर गफ गर्नु उनको बानी हो। मनाङगे कारागार भित्र पनि कालो चस्मा लगाएर चिटिक्क परी देखिने गरेका छन्। अन्य कैदीको तुलनामा मनाङेलाई भेट्न आउनेको संख्या सबै भन्दा बढीहुने गरेको कारागार स्रोतको भनाई छ। उनलाई भेट्न दैनिक १० देखि १५ जना हुने गरेका छन्।

उनिमाथी २०६१ सालमा चक्रे मिलनललाई ज्यान मार्ने उद्योग अन्तर्गत दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले पाँच वर्ष जेल सजाय सुनाएको थियो।

त्यस्तै पूर्वआइजिपी राणा पनि बिहानै उठ्ने र सामान्य खेल अभ्यस गर्ने गरेका छन्। राणा पुस्तक पढ्न त्यति नरुचाउने राणा कारागार भित्रपनि प्रया जसो कसैसंगपनि नबोल्ने कारागारले जनाएको छ। सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको दैनिकी अलि फरक छ। उनी बिहान ५ बजे उठेर शारीरिक अभ्यास गरेपछि खाजा खान्छन्। त्यसपछि उनी किताब पढ्ने गरेको कारागार स्रोतको भनाई छ। कानुन र धार्मीक पुस्तकहरु उनको रोजाइमा हुने गरेको छ। 

विभिन्न आपराधिक गतिविधिमा मुछिएका गणेश लामा पेस्तोलसहित ३० फागुनमा काठमाडौंबाट पक्राउ परेपछि हातहतियार तथा खरखजना ऐनअन्तर्गत पुपक्षका लागि डिल्लीबजार पुगेका हुन्। उनको दैनिकी भने सामान्य कैदीको जस्तै छ। उनी बिहान उठेर जीम गर्ने मात्र गर्छन्। भूमिगत हुँदै कैलालीबाट निर्वाचित भएका रेशम चौधरीभने अलि निराश हुन्छन्। उनी उहीले पुस्तक देख्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.