|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ पानीट्याङ्कीस्थित बिपी राजमार्गमा माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ५२१५ नम्बरको माइक्रो बसले धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको ज ११ प १२९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक र पछाडि सवार गरी दुई जना सख्त घाइते भएको र उपचारको क्रममा चालकको मृत्यु भएको हो।

मृत्यू हुनेमा धनुषा जिल्ला तारापट्टी बस्ने ३६ वर्षीय सत्यनारायण साह रहेका छन्। सोहि मोटरसाइकलमा पछाडि बस्ने सिराहका प्रदीपकुमार महतो घाइते भएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको खड्काले बताए। प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.