|

तनहुँ : एक दशक अगाडिदेखि अन्यौलतामा रहेको महर्षि वेदव्यासको मूर्ति निर्माणको कामले गति लिने थालेको छ। १० वर्ष अगाडिदेखि मूर्ति निर्माण गरिने बताउँदै आए पनि व्यास क्षेत्रमा महर्षि वेदव्यासको मूर्ति निर्माण गरिने भने पनि निर्माण कार्य गर्न सकेको थिएन।

उक्त अन्योलता अब हट्ने भएको छ। महर्षि वेदव्यासको मूर्ति निर्माण स्थलको गुरुयोजना निर्माणको प्रारम्भिक कार्य सुरू हुन लागेको हो। पाँच दिनदेखि व्यास क्षेत्रमा अर्थक्येक सेफ्टी सोलुसनका प्राविधिकहरूले सर्वेक्षणलाई अगाडी बढाएका छन्। पाँच दिन लगाएर गरिएको सर्वेक्षणमा व्यास क्षेत्रमा जमिनको बनोट, त्यहाँ रहेको महत्वपूर्ण वस्तुहरू कसरी जोगाउने, महत्व हेरेर फाल्नुपर्ने संरचना फाल्ने लगायतका काम सुरू गरेको व्यास क्षेत्र विकास कोषले जनाएको छ।

गुरुयोजना निर्माणको लागि व्यास क्षेत्र विकास कोषले व्यास क्षेत्रको गुरुयोजना ७ महिनाभित्र तयार बनाउने अर्थक्येक सेफ्टी सोलुसन बिच सम्झौता भइसकेको व्यास क्षेत्र विकास कोषका सदस्य माधव न्यौपानेले जानकारी दिए। अर्थक्येक सेफ्टी सोलुसनका सव इन्जिनियर रन बहादुर लिम्वुले सर्वेक्षणको कार्य गरेको पाँच दिन भएको बताए। हालको सर्वेक्षणले व्यास क्षेत्रका पुरातात्त्विक महत्त्व बोकेका कलात्मक शिला व्यास गुफा विभिन्न मन्दिरलगायत संरक्षण गनुपर्ने सम्पदाको संरक्षण कसरी गर्ने त्यसको बारेमा सर्वेक्षण गरिएको सलुसनका सव इन्जिनियर लिम्बूले बताए। व्यास क्षेत्र विकास कोषका सदस्य न्यौपानेले सर्वेक्षण लगतै १०८ फिट अग्लो मूर्ति निर्माणको कार्य सुरू हुने बताए।

व्यास क्षेत्र विकास कोषले महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि तयारी गरेको हो। व्यास क्षेत्रमा बन्ने संरचनाका बारेमा अर्थक्येक सेफ्टी सोलुसनसंग सहकार्य गरेर व्यास क्षेत्र विकास कोषले गुरुयोजना निर्माणको लागि डिजाईन स्टीमेट गरिरेहको न्यौपानेले बताए।  व्यास क्षेत्रमा १०८ फिट अग्लो मूर्ति, विभिन्न मन्दिर लगायतका संरचना निर्माण गरिने गुरुयोजनामा उल्लेख छ। महर्षि वेदव्यासको अठाइसौँ अवतार तनहुँको दमौलीमा जन्म लिएको धार्मिक विश्वास रहिआएको छ। यस क्षेत्रको धार्मिक एवं पर्यटकीय स्थलको रूपमा प्रवर्द्धनको लागि कार्यहरू भइरहेको छ।

मूर्ति निर्माणका लागि महायज्ञसमेत सञ्चालन गरिएको थियो। महायज्ञ सञ्चालन गरेर केही खर्चसमेत संकलन गरिए पनि मूर्ति निर्माणको काम भने अन्योलतामा नै रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.