|

जनकपुरधाम : नेपाल प्रहरीको 'मस्ट वाण्टेड'को सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सांसद अभिराम शर्मा मन्त्री बनेका छन्। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को सिफारिसमा शर्मासहित अन्य तीन मन्त्रीले एक्कै साथ बुधवार सपथ ग्रहण गरेका हुन्। 

राष्ट्रिय जनता पार्टी नेपालले सिफारिस गरेको शर्मासहित सुरेश मण्डल, डिम्पल कुमारी झालाई बुधबार मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र सभामुख सरोज कुमार यादवसहित अन्य मन्त्री तथा सांसदको उपस्थितिमा सपथ ग्रहण गराइएको थियो। 

बुधवार प्रदेश मुख्यालयको परिसरमा भित्र सपथ ग्रहण चलिरहँदा बाहिर भने प्रहरीको वान्टेड सूचीमा रहेका अभिराम शर्मालाई राज्यमन्त्रीमा पार्टीले सिफारिस गरेपछि केही नेता तथा कार्यकर्ताहरूले बाहिर विरोध गरिरहेका थिए।

मधेस आन्दोलनका क्रममा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा घाइते भएका प्रहरी सहायक निरीक्षक थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटामै रोकी एम्बुलेन्सबाट निकालेर हत्या गरेको आरोप शर्मा माथि छ। महोत्तरी जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिए पनि पक्राउ गर्न सकेको थिएन। प्रहरीले भने, फरार अभियुक्तको सूचीमा राखेर उनको खोजी गरिरहेको थियो।

यता राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले राज्यपक्षबाट आन्दोलनको समयमा लगाएको आरोप प्रमाणित नभइसकेको र प्रहरीको मृत्यु नै बनावटी भएको दावी गरे। उनले भने, ‘प्रहरीको हत्यामा विदेशमा रहेको व्यक्तिलाई समेत अभियुक्त बनाइएको छ।

उनले एउटा प्रहरीको हत्यामा निर्दोष व्यक्तिलाई फसाइनुले घटना आफैंमा रहस्यम रहेको समेत बताए। उनले थप्दै भने, ‘जनता नै सबैभन्दा ठूलो अदालत र सार्वभौम सरकार भएकोले अभिराम शर्मा जस्ता व्यक्तिलाई प्रचण्ड मत दिएर जिताएको जनताको भावनाको कदर गर्दै पार्टीले नाम सिफारिश गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.