|

काभ्रेपलाञ्चोक : विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा बिहिबार बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन्।

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी रविराज खड्काले जानकारी दिए।

खड्काका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाईते लक्ष्मी तामाङका अनुसार गाडी पहिला नै सडकमा पल्टीन लागेको र पछि नरोकीकन उतापट्टि लगेर तल खसेपछि पल्टेको बताए।

अस्पतालमा उपचारको लागि लगिएपछि दुई घण्टा वितिसक्दा समेत समयमा नै उपचार नपाएको भन्दै स्थानीय बासिन्दाले आक्रोस पोखेका छन्। घाइतेहरु ल्याएको दुई घण्टा वितिसक्यो, अझै पनि उपचार गरिरहेको छैन।’ स्थानीय बासिन्दा डोरनाथ गौतमले भने ‘विरामीहरु अस्पतालको अध्याँरो कोठामा त्यतिकै राखिराखेका छन्।’ ‘कि सकिदैन भनेर भन्नुपर्‍यो, कि समयमा उपचार हुनुपर्‍यो।’ गौतमले भने।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.