|

काठमाडौं : नेपाल वायु सेवा निगमको दोस्रो वाइड बडी विमान काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतरण गरिएको छ। राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले ल्याएको सो विमानको नाम ‘मकालु’ राखिएको छ। 

फ्रान्सबाट ८ घण्टाको उडान तय गरेर वाइड बडी विमान आइपुगेको सो विमान बिहीबार बिहान ९ बजे विमानस्थलमा अवतरण भएको थियो। ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानमा १८ बिजनेस तथा २५६ साधारण गरी कुल २७४ सिट रहेका छन्।

निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमान गएको असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । योसँगै नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा विमान सञ्चालनमा ल्याउने छ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.