|

हुम्ला : जिल्लाकाे उत्तरी हिल्सा नाकाबाट तिब्बतमा पैठारी हुने सामानहरूको यारी भन्सार कार्यालयका कर्मचारीले चिटको भरमा कर असुलेको अाराेप लागेकाे छ। चीनको स्वशासित क्षेत्र तिब्‍बतसँग जोडिएको यारी भन्सार कार्यालय हुम्लामा व्यापारीहरूबाट तिब्बतमा बिक्री गर्नको लागि लैजान लागेका सामानहरूबाट भन्सार कार्यालय हुम्लाले कार्यालयको अाधिकारिक बिलविना कागजी खोस्टोमा छाप लगाएर १३ प्रतिशत भ्याट उठाएको  छ। 

हुम्लाको उतरी हिल्सा नाकाबाट तिब्बतमा पैठारी हुने सामानमा स्थानीय बासिन्दाबाट गैरकानुनी भन्दै यारी भन्सार कार्यालयले रकम असुलेको छ। नाम्खा गाउँपालिका -१ का सुनामछिरिङ लामाले तीन लाख बराबरको चाँदीले बेरिएका भाडाँकुडाहरू तिब्बतमा लैजाने क्रममा यारी भन्सार कार्यालयले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा असुल गरेको खुलासा भएको छ। 

राज्यलाई कर नतिरेकोमा सामान जफत गर्नुपर्नेमा व्यापारी लामा मोटो रकम लिनु नहुने ताक्लाकोट व्यापार संघका सदस्य छिरिङ टासी तामाङले बताए। उता, व्यापरी तेन्जन लामाबाट राज्यलाई कर नतिरेको भन्दै २७ हजार ५६० रुपैयाँ सेतो कागजमा भन्सार कार्यालयको छापमा लगाएको चिट दिएको नाम्खा एका सुनाछिरिङ लामाले खुलासा गरे। उता, हिल्सामा पुगेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले राज्यलाई स्थानीय व्यापारीले भ्याट नतिरेको बिल फेला परेकोले पनि १३ प्रतिशत भ्याट लिन निर्देशन दिएको बताए।

रसिदविना चिठमा छाप लगाएको पाए कारबाही गर्छौं : महानिर्देशक

कर उठाउने जिम्मा कर कार्यालयलाई मात्र भएको र निकासी हुने सामानहरूको भ्याट लिन नपाउने भएकोले यदि उठाएमा कानुनी कारबाही हुने भन्सार विभागका महानिर्देशकले तोयम रायले चेतावनी दिए। यारी भन्सार कार्यालयका कर्मचारीले आफ्नो मनोगत तरिकाले उठाएको र कार्यालयको रसिद हुँदा हुँदै पनि चिटमा छाप लगाएर दिनु राज्य कोषमा जम्मा नहुनु नै गलत नियत भएको लेखा नियन्त्रक हुम्लाका राजन रेग्मीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.