आजै अनशन तोड्ने

|

काठमाडौं : सरकार र डा गोविन्द केसी पक्षबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा सहमति छ। अहिले वार्ता टोली वार्ताको ड्राफ्ट बोकेर डा केसी अनशनरत स्थान टिचिङतर्फ गएका छन्। सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको सहमतिमा डा केसीले 'एस' भने लिखित ड्राफ बनाएर हस्ताक्षर हुने र आजै केसीले अनशन तोड्ने छन्।

सरकारको तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी  सहभागी छन् भने डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह, डा जीवन क्षेत्री, डा सुमित पाण्डे सहभागिता रहेको छ। केसीको तर्फबाट डा सिंहले संयोजन गरेको वार्तामा दुवै पक्षले सात बुँदे सहमति गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतापछि डा गोविन्द केसीसँगको वार्ता सहमति नजिक पुगेको बताइएको छ। बुधबार राति केसी पक्षका वार्ता टोलीका केही सदस्यसँग छलफल गरेर बिहीबार बिहानैदेखि वालुवाटारमा  भएको छलफल सकारात्मक भए पछि औपचारिक वार्ता भएर सहमती भएको हो।

हिजो सहमति नजिक पुगेर एकाएक भाडिएको वार्ता राती प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता पछि पुन केसी तर्फका वार्ता टोलीको सदस्यहरु संग भएको छलफल पछि ट्रयाकमा आएको थियो। दुवै तर्फको वार्ताको सहमतीको लागी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्यासिंह शाहले समन्वयात्मक भूमिका खेलेका थिए।

२०६९ सालयता १५ पटकसम्म अनसन बसेका डा केसीको १५औँ अनशनको २७ दिनसम्म आइपुग्दा स्वास्थ्य अवस्था भने निकै कमजोर बन्दै गएको छ। जुम्लामा पुगेर १५औँ अनसन सुरु गरेका केसीलाई उनलाई हेरिरहेको मेडिकल टिमले स्वास्थ्य अवस्था कमजोर रहेको र त्यहाँ उपचार गर्ने क्षमता नरहेको बताएपछि उनको जीवनरक्षाका लागि भन्दै २०औँ दिनमा उनलाई काठमाडौं ल्याइएको थियो।

आफूलाई अपहरणको शैलीमा काठमाडौं ल्याइएको भन्दै डा केसीले हाल कुनै पनि उपचार सेवा लिन मानेका थिएन्।यसअघि गत असार ३२ गते सरकारले डा केसीसँग वार्ता गर्न शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.