२० वर्ष पहिलेको २५ हजारको लगानी पाँच वर्षपछि हुनेछ २५ करोड

|

काठमाडौं : गन्तव्यमा पुग्न हिँड्नु अवश्य पर्छ, मात्रै यति हो- चाल छिटो भए छिटै र ढिला भए ढिला पुगिने हो। द्रुत चालमा ध्यान पुगेन भने ठूलो चोट लाग्न सक्छ, विस्तारै छ भने सामान्य चोट मात्रै। तर गन्तव्यमा पुग्न नहिँडी सुखै छैन।

हामीमध्ये कतिले कसैको काम गरेर जीविका चलाएका छौँ, कतिले कामै नपाएर भौँतारिएका छौँ। सर्टिफिकेटलाई धिक्कार्दै बस्ने धेरै छौँ वा 'पढेर मेरो उपलब्धि खै?' खोजी गरिरहेका हुन्छौँ। धेरैको रहर हुनसक्छ- आफैँ व्यवसाय सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने र छुट्टै पहिचान बनाउने। तर सुरु कहाँबाट गर्ने, लगानी कसरी गर्ने? टुंगो हुँदैन। जो टुंगोमा पुग्छौँ, उसका उपलब्धिका सिँढी बढिरहन्छन्।

उच्च शिक्षा हासिल गर्न काठमाडौं आएका दोलखा सुन्द्रावतीका एक युवक स्नातकपछि सुरु गरेको व्यावसायिक यात्रा शिखरमा पुर्‍याउने प्रयासमा छन्। २५ हजार रुपैयाँ लगानीबाट सुरु गरेको उनको यात्रा अबको पाँच वर्षपछि २५ वर्ष पुग्नेछ, जतिबेला उनले आफ्नो व्यवसायमा २५ करोड रुपैयाँको लगानी विस्तार गरेका हुनेछन्।

यसरी भयो व्यवसाय सुरु

निर्वाहमुखी कृषि पेसा गर्ने परिवारका दोलखा सुन्द्रावतीका सुदर्शन बस्नेत एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं आएको बताउँछन्। घरकै खर्चमा २०५६ सालमा अक्युपंचर विधामा स्नातक सकेपछि उनले सोही पढाइलाई प्रयोग गर्दै व्यवसाय सुरु गर्ने योजना बनाए।

युवावय (२३ वर्ष)को सुरुवातकालमै सुरु भयो उनको व्यावसायिक यात्रा। काठमाडौंको त्रिपुरेश्‍वमा २५ हजार रुपैयाँ लगानी गरेर चारवटा बेड र सानो क्लिनिकसहितको वैकल्पिक उपचार केन्द्र खुल्यो।

' अकुपंचरको छुट्टै एउटा सेन्टर भएको हस्पिटल पाइनँ, त्यसै कारण पनि आफैँ सुरु गर्ने योजना बनाएँ', विगतमा गरेको निर्णय स्मरण गरे बस्नेतले। २५ हजार रुपैयाँ नभई अघि बढ्न सक्ने स्थिति बनेन उनीसँग तर थियो १० हजार रुपैयाँ मात्रै। त्यसपछि उनले हजार/१५ सय ऋण दिने साथीभाइ र नातागोता खोजेर थप १५ हजार रुपैयाँ बढाए।

युवावय (२३ वर्ष)को सुरुवातकालमै सुरु भयो उनको व्यावसायिक यात्रा। काठमाडौंको त्रिपुरेश्‍वमा २५ हजार रुपैयाँ लगानी गरेर चारवटा बेड र सानो क्लिनिकसहितको वैकल्पिक उपचार केन्द्र खुल्यो। 'व्यवसाय गर्ने म आफ्नो परिवारको पहिलो हुँ। २५ हजारको लगानी गरेर सुरु गरेको प्राकृतिक चिकित्सामा हात हालेको भर्खर जस्तो लाग्छ', बस्नेतले भने।

यसरी विस्तार भयो व्यवसाय

करिव नौ वर्षसम्म उनी वैकल्पिक उपचार केन्द्रको प्रतिफलमै रमाए। नौ वर्षको प्रतिफल २०६५ सालमा विस्तार गरे। सञ्चालनमा रहेको वेलनेस हस्पिटलमा उनले लगानी गर्ने भए। त्यहाँ उनले ६५ लाख रुपैयाँ लगानी थपेका थिए।

एक वर्षपछि वेलनेस र थप दुई व्यवसायीक समूह मिलेर अर्काे अस्पताल 'चैतन्य  हिलिङ स्पा' संचालनमा ल्याइयाे। करिब दुई करोड रुपैयाँ लगानीमा एक करोड रुपैयाँ चुक्ता पुँजी राखेर  हस्पिटल संचालन भयाे। २०७२ सालमा व्यवसायी पार्टनरहरूबीच समस्या देखिएपछि कि पूर्ण एकल लगानी गर्ने वा आफ्नोतर्फको शेयर बेच्ने, दुई विकल्प राखे। शेयर किन्न पार्टनरहरू तयार भएपछि उनी त्यहाँबाट निस्किए। २०७३ बाट आफ्नै आम्दानीको एक करोड रुपैयाँ लगानी गरेर अर्को हस्पिटल सञ्चालनमा ल्याएका छन्।

मेरा सपना

२०५६ सालमा सञ्चालन भएको वैकल्पिक उपचार केन्द्र दुई स्थानमा उनले अहिले पनि सञ्चालन गरेका छन्। त्यो केन्द्रमा २५ लाख रुपैयाँ लगानी पुगेको बस्नेत बताउँछन्। यता, १५ शय्याको सुस्वास्थ्य सञ्चालनमा रहेको छ। यसो गर्दा उनको लगानी करिब डेढ करोड रुपैयाँ पुगेको छ। ५० जना ओपीडी र १५ जना आईपीडीको क्षमता यो हस्पिटलमा रहेको छ। दुई हस्पिटलमा गरी उनले जम्मा ४५ जनालाई रोजगारी दिएका छन्।

यसका लागि उनले १० करोड रुपैयाँ लगानी लगाउनेछन् भने अझ वृहत्तर सोच भनेको उनको 'हेल्थ रिसोर्ट' सञ्चालनको छ। यसका लागि उनले १५ करोड रुपैयाँ लगानी गर्ने योजना बनाएका छन्

अबको पाँच वर्षको योजना सुनाउँदै बस्नेत भन्छन्, 'प्रदेश ३ मा थप एकसहित पाँचवटा प्रदेशमा हस्पिटल सञ्चालनमा ल्याउनेछु।' बस्नेतले भने, 'प्रदेश २ को वीरगञ्जमा जग्गा हेरेँ, प्रदेश १ को इटहरी, ३ को काठमाडौं, ४ को पोखरा र ५ को बुटवलमा पनि मेरो हस्पिटल हुनेछ।'

यसका लागि उनले १० करोड रुपैयाँ लगानी लगाउनेछन् भने अझ बृहत्तर सोच भनेको उनको 'हेल्थ रिसोर्ट' सञ्चालनको छ। यसका लागि उनले १५ करोड रुपैयाँ लगानी गर्ने योजना बनाएका छन्। नेपालीहरूलाई स्तरीय प्राकृतिक चिकित्सा उपचार मात्रै होइन, विदेशी नागरिकलाई लिएर हेल्थ टुरिजमको योजना पनि छ उनको।

 'मेरो रिसोर्टमा बस्न विदेशबाट बुकिङ गरिनेछ। स्तरीय अकुपंचर सेवाले विदेशी सन्तुष्ट भएर प्रचार गर्नेछन्', बस्नेत भन्छन्। उनले करिब ३०० डाक्टरलाई रोजगारी दिनसक्ने गरी क्षमता विस्तार गर्ने योजना बनाएका छन् भने पाँच वर्षसम्म अन्य क्षेत्रमा लगानी विस्तार गर्ने योजनामा छन्।

बैकिङ र सहकारी क्षेत्रमा सामान्य लगानी भए तापनि आफ्नो अझै पाँच वर्षको लगानी विस्तार योजना प्राकृतिक चिकित्सामा मात्रै गर्ने बस्नेतको सोच छ। 'जति नाफा कमाउँछु, अझै पाँच वर्षसम्म यही क्षेत्रमा विस्तार गर्नेछु, त्यसपछि भने सोच्नुपर्ला', बस्नेतले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.