|

कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव बढेपछि सीमा पुल वनबासामा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकाली नदीको बहाव एक लाख २३ हजार क्युसेक पुगेको छ।

नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइने गरिएको छ। पैदल यात्रु, साइकल, मोटरसाइकल सवारका लागि भने पुल खुला रहेको छ।

दार्चुलाको दत्तुमा महाकाली नदीको बहाव तीन मिटर ६९ सेन्टिमिटर रहेको छ। अझै नदीमा पानी बढन सक्ने देखिएको कार्य सञ्चालन केन्द्रले जनाएको छ। छ मिटर माथिको बहावलाई खतरा मानिन्छ। डडेल्धुराको परिगाँउमा महाकाली नदीको बहाव चार मिटर ८८ सेन्टिमिटर रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.