|

चितवन : मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित चुम्लिङटारमा शुक्रबार बस र ट्रक एक आपसमा ठक्कर खाँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। अन्य १७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दुर्इ महिला, चार पुरुष र एक बालक रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मृत्यु भएको मध्ये पाँच जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा पाल्पा बेगनास कालिकाका ३२ वर्षका अर्जुन न्यौपाने, तनहुँ भानु ५ बस्ने वर्ष २७ का सुमित श्रेष्ठ, तनहुँकै २७ वर्षीय कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षीय रविन गुरुंड र तनहुँका ४० वर्षीय बाबुराम तिवारी रहेको प्रहरीले जनाएको छ।

घाइते मध्ये सातजनाको भरतपुर मेडिकल कलेजमा, चार जनाको मनकामना अस्पतालमा, एक जनाको मलेखुमा र चार जनालाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट पोखरा जान आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

विहान ११:५० बजे भएको उक्त दुर्घटनापछि ट्रक सडक मै रहेको छ। ट्रक चालक भने जोगीमारा प्रहरीको नियन्त्रणमा छन्। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौंतर्फ पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.