|
प्रतीकात्मक फोटो

रामेछाप : जिल्लाको रामेछाप नगरपालिका–२ देउरालीस्थित कुलाक चौरमा रोकिराखेको ट्याक्टर अचानक गुड्दा सडकमा खेलिरहेका एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्।

न्यूटल गेयरमा रोकी राखेको ना ३ त २१२६ नम्वरको ट्याक्टर अचानक गुडेपछि खेलिरहेका ७ वर्षीय बालक उमेश रोकालाई किच्दा घटनास्थलमै मृत्यु भएको छ भने उनकी ९ वर्षीया दिदी उर्मिला रोकाको अवस्था गम्भीर रहेको छ।

घाइते उर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। देउरालीको हुलाक चौरमा सामान झारेर सडक छेउमा रोकिराखेको ट्याक्टर अचानक पछाडि गुडेपछि सडकमा खेलिरहेका बालकालिकालाई किचेको थियो।

ट्याक्टर चालक गोपाल भण्डारीलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.