|

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरीमा रहेको बालमन्दिरको भूकम्पले क्षति पु¥याएको भवन पुनर्निर्माण नहुँदा बालबालिका टहरामा बसेर पढ्न बाध्य छन्। २०७२ मा गएको भूकम्पले क्षति पु¥याएको बालमन्दिरको भवन अझैसम्म पुनर्निमाण हुन सकेको छैन।

सदरमुकामको मध्य भागमा रहेको उक्त बालमन्दिर भवन पुनर्निर्माण र व्यवस्थापनबारे पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा समेत कसैले चासो नदेखाएको बालमन्दिरकी प्रधानाध्यापक सुनिता कायस्थ बताउँछिन्। ‘समस्याबारे सबैलाई बारम्बार अनुरोध गरियो तर अहिलेसम्म कसैले चासो दिएका छैनन्,’ उनले भनिन्, ‘ठूलो मान्छेसँगको सम्पर्क नभएर हो कि किन हो वास्ता गर्दैनन्।’

बालमन्दिरको अवस्था दयनीय छ। बालमन्दिरको अवस्था दयनीय छ। यस्तो अवस्थमा देख्दा आफ्ना छोरालाई पढ्न नपठाउँ जस्तो लाग्ने गरेको तीन वर्षीयसहित कक्षा कोठामा भेटिएकी छोक्पा शेर्पाले भनिन्। ‘विद्यालयको हालत देख्दा त नपठाउँजस्तो लाग्छ,’ उनले भनिन्, ‘अन्यत्र लाने ठाउँ छैन, निजीमा पैसा धेरै लिन्छन्, सरकारीमा पनि उस्तै छ।’

बालमन्दिरको भवन मात्र जीर्ण होइन, खानेपानी र शौचालयको पनि व्यवस्था छैन। खानेपाी र शौचालयका लागि नजिकैको होटलमा जानुपर्ने बाध्यता रहेको प्रधानाध्यापक कायस्थले गुनासो गरिन्। यस्तै, यहाँ शिक्षक दरबन्दी एक जना मात्र रहेको छ। तीनदेखि पाँच वर्ष उमेर समूहका सात जना बालबालिका मात्र नियमित आउने गरेका प्रधानाध्यापक कायस्थले बताइन्।

बालमन्दिरको व्यवस्थापनको जिम्मा नगरपालिकाले पाएको छ। तर, नगरपालिकाले खासै चासो नदिएको विद्यालय प्रशासन र अभिभावको छ।    

बालमन्दिर कि ग्यारेज ?

बालमन्दिरको प्राङ्गण केही वर्ष यता ट्याक्टर मर्मत गर्ने थलो बनेको छ। ट्याक्टर मर्मत गर्ने काम बन्द गर्न बारम्बार अनुरोध गर्दा पनि बेवास्ता गरिएको प्रधानाध्यापक कायस्थले बताइन्। उनले भनिन्, ‘ट्याक्टर बनाउँदा पठनपाठनमा समेत अवरोध हुँदै आएको छ।’

बालमन्दिर नजिकै न्युहोल्याण्ड कम्पनी ट्याक्टरको सब डिलर  छ। आयुस्मा मोटरपार्टस नामको उक्त पसलले उक्त ग्यारेज सञ्चालन गर्दै आएको छ।  सञ्चालकको मोबाइल नम्बरमा बारम्बार फोन गर्दा अन्तिममा फोन समेत अफ भयो। सम्पर्क हुन सकेन।

चाँडै व्यवस्थापन : उपप्रमुख

नगरपालिकाकी उपप्रमुख कल्पना राईले बालमन्दिरको चाँडै व्यवस्थान गर्ने आश्वसन दिइन्। बालमन्दिर व्यवस्थापनबारे सोचिरहेको पनि काम गर्न नसकेको स्वीकारिन्। 

केही समयमा नै गुणस्तरीय व्यवस्थापनमा गर्ने उनले प्रतिवद्धता गरिन्। साथै, बालमन्दिर प्राङ्गणबाट चाँडै ग्यारेज हटाउने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.