|

प्युठान : ‘जब जब कृषक दिनभर कामको थकाइले निद्रा लागेर छटपट हुन्छ। राती भुसुक्क निद्रामा पर्छन्। तब मकैका बारीमा बँदेल (डोजर सांकेतिक भाषा) चल्न थाल्दछ। न डोजर देखिन्छ न त खनेर खेती गर्न नै दिन्छ। हैरान पार्‍यो’ प्युठान नगरपालिका ६ आरुगैराका ७३ वर्षीय लोकमणि भण्डारीले गुनासो पोखे।

डोजरको परिभाषा कुनै नौलो अनौठो चिज होइन बारी खनेर खेतीपाती गर्न मुस्किल परेर हैरानी व्योहोरेका स्थानीयले मनको पीर कम गर्न बँदेल (वनिवल स्थानीय भाषामा) भन्दछन्। सोही बँदेलले सिंगो गाउँमा खेतीपाती नस्ट पारिदिँदा स्थानीयहरू चिन्तित छन् भने केही कृषक मकै लगाउँदै आएको बारीमा टिमुर जस्ता विरुवाहरू लगाइ आएको आम्दानीले समृद्ध बन्ने सपनासहित खेती सुरू गरिएको बताए। गाउँका पाखामा ठूलो क्षेत्रफलमा रहेको जग्गा वर्षभरि मकै, भट्मास खान पुग्ने भए पनि अहिले वीउ मात्र उठाउन पनि हम्मेहम्मे परेको भण्डारीले बताए।सधैँ खेतीपाती गर्न समस्या भएपछि खेती नै परिवर्तन गर्न लागेका छन्। मकै भट्मास, जौ, गहुँ फल्ने बारीमा अव व्यवसायिक खेतीपाती गर्ने योजना बनाएका छन्। 

टिमुर खेतीमा आकर्षण

यस्तै प्युठान नगरपालिका ६ जुम्लीधारामा पनि टिमुर खेती गर्न थालिएको छ।  जुम्रीधारा र आरुगैराका करिव ३०० परिवारले खेती परिवर्तन गर्न थालेका हुन्। जुम्लीधारामा एक हजार, आरु गैरामा ७०० गरी एक हजार ७०० विरुवा मंगलवार मात्रै रोपिएको छ। जंगलमा भएको तर वनमारा झारले टिमुर संकलन गर्न नसकिने ठाउँका विरुवाहरू करिव १५०० का दरले विरुवाहरू रोपिएको जुम्लीधाराकी सावित्रा पोखरेलले जानकारी दिइन्।

फुलवारी एकीकृत ग्रामीण विकास संस्था (इन्म्याप्स कार्यक्रम) मार्फत टिमुरका विरुवाहरू पाएको र कही जंगलवाट समेत संकलन गरी बृक्षारोपण गरिएको पोखरेलले बताइन्। वर्षको दुई वाली खेती गरेर निर्वाह गर्दै आएका कृषकहरूआफूहरू जंगली जनावरको उत्पीडनले खाद्य संकट हुने उनको भनाई छ।

संरकारसँग गुहार

प्युठान नगरपालिका-५ को जु्रमीकाडा, ६ को माझकोट र नौबहिनी गाउँपालिका-८ फोप्लीका गाउँहरूमा बँदेल र दुम्सीले खेतीपाती नष्ट गरेपछि नियन्त्रणका लागि निवेदन दिएपनि सरकारले खासै वास्ता गरेनन्। योजना तर्जुमा बैठकमा पनि जंगली जनावर व्यवस्थापनको लागि बजेट माग गरे पनि सुनुवाई नभएको चन्द्रमा पुनले बताइन्। ‘जंगल जनावरको व्यवस्थापन खेति पातीका लागि स्थानीय सरकारसँग हार गुहार गर्‍यौ। तर सुनवाई भएन’ पुनले भनिन्। ‘नयाँ सोचसहित अव टिमुर खेती गर्ने योजना बनाएका छौ। टिमुर खेती गर्दा विरुवा लगाएको ४ वर्षपछि राम्रो फल लाग्ने र मनग्य आम्दानी लिने आशा छ।’

उद्यमशीलतामा जोड दिनुस् : वडा अध्यक्ष

धेरै पटक वडा कार्यालयमा गुनासो आएपछि व्यवस्थापनको लागि नयाँ योजना बनाउने रणनीतिमा नगरपालिका नै लागेको प्युठान नगरपालिकाका नगर कार्यपालिका सदस्य तथा वडा अध्यक्ष कमानसिंह पुनले बताए। नगरपालिकाले ग्रामीण उद्यमशीलतालाई बढी जोड दिएका कारण चिन्तित किसानलाई टिमुर, चिउरी लगायतका जडिबुटी खेती गरी ग्रामीण उद्यमशीलतामा जोड्ने प्रयास तथा उत्प्रेरणा गराइरहेको पुनले जानकारी दिए। ‘देश समृद्ध नेपालसहित अगाडि बढेको छ’ वडा अध्यक्ष पुनले भने, ‘ग्रामीण उद्यमविना नारा कार्यान्वयन हुँदैन। त्यसैले ग्रामीण उद्यम, जडिबुटी खेती नै समृद्धिको आधार हो।’ अन्य क्षेत्रहरूमा पनि बादर, दुम्सी र वँदेलको कारण धेरै कृषक पीडित छन्। वर्षभरि छाक टार्ने खेती नै नष्ट पारेपछि ग्रामीण समुदाय चपेटामा परेको छ।

सरकारले जंगली जनावरको व्यवस्थापन गर्ने, खेतीजन्य र आधुनिक खेती प्रणालीमा जडिबुटी जस्तै टिमुर, तेजपात, चिराइतो, सोमायो खेती प्रणालीको व्यवस्थापन गरी गरिव किसानको आयआर्जनमा बृद्धि गर्न सके ग्रामीण कृषकको जीवनस्तर माथि उठ्न सक्ने जानकारहरू बताउछन्। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.