|

कालिकोट: सांसद मिना पाण्डेले नेपालमा महिला हिंसा र बलात्कार घटना बढ्दै गएका कारणले महिला हिंसा तथा बलात्कार घटनामा संग्लन दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने बताइकी छन्। कालिकोटमा शनिबार तिला न्युज अनलाइनको उदघाटन गर्दै सांसद पाण्डेले यस्ताे बताइएकी हुन्।

नेपालले अन्तर्राष्ट्रिय कानुन मान्ने भएका कारणले महिला हिंसा तथा बलात्कारका घटनामा संग्लनलाई फाँसीको सजाय दिन नमिल्ने र अब दिनमा महिला हिंसा तथा बलात्कारका घटनामा संग्लनलाई हदैसम्मको कारवाही गर्न जरुरी रहेको सांसद पाण्डेले बताइन्। सांसद पाण्डेले भनिन् ‘नेपाल अन्तर्राष्ट्रिय कानुन मान्ने देश भएका कारणले भारतका जस्तो बलात्कारीलाई फाँसी दिने कानुन त नआउँला। तर नेपालमा त्यस्ता घटनामा संलग्नलाई हदैसम्म कारवाही आवश्यक हुन्छ।’

पछिल्लो चरणमा महिला हिंसाका घटना बृद्धि भएकोमा पनि सांसद पाण्डेले दुःख व्यक्त गरिन्। ‘महिला हिंसाका आपराधिक क्रियाकलाप बढ्दै गएका छन्।’ नेपाली कांग्रेसकी नेत्री पाण्डेले भनिन्, ‘आफ्ना छोरी चेलीहरू बलात्कार हुँदा हामी सबैलाई दुःख लाग्छ।’ महिला हिंसाका घटनामा न्यूनीकरण ल्याउनका लागि जनचेतनाको आवश्यकता रहेको त्यसका लागि पत्रकार,नागरिक समाज, जनप्रतिनिधि र राजनीतिक दलहरूका प्रतिनिधिले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने सांसद पाण्डेको भनाई थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.