|

रामेछाप : जिल्लाको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीबेसीबाट गोकुलगंगा गाउँपालिका हुँदै जिल्लाको उत्तरी क्षेत्रमा जाने सडकको ठाउँठाउँमा पहिरो झर्दा यातायात अवरुद्ध भएको छ।

गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरो जाँदा उत्तरी क्षेत्र जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको गोकुलगंगा गाउँपालिकाका स्थानीय छत्रबहादुर केसीले जानकारी दिए। पहिरो पन्छाउन डोजर प्रयोग गरिए पनि सडकमाथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले यातायता सञ्चालन हुन नसकेको उनले बताए।

वर्षातका कारण ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ भने फर्पुमा सुख्खा पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन नसकिएको गोकुलगंगा गाउँपालिकाले जनाएको छ।

पहिरोले सडक अवरुद्ध गरेपछि गोकुलगंगा उगाउँपालिका हुँदै उमाकुण्ड गाउँपालिका जाने यात्रुहरु बीचबाटैमा अलपत्र परेको स्थानीय विष्णु खड्काले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.