|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम रहेको धुलिखेल नगरपालिका नै खुला दिसामुक्त क्षेत्र घोषणा भएको छैन। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा १८० घरधुरीको शौचालय छैन। पूर्ण सरसफाइको दृष्टिकोणले नगरपालिका ९७.४९ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख रामचन्द्र काफ्लेले स्थानीय तहको प्रतिवद्धताको कमीका कारण जिल्ला सदरमुकाम खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको बताए। ‘प्रतिवद्धताको कमीकै कारण धुलिखेल नगरपालिका नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न नसकेको हो,’ काफ्लेले भने, ‘चर्पी निर्माणको काम भनेको स्वयंसेवी काम भएको र त्यसमा सरकारले लगानी नगर्ने भएकाले पनि काम नभएको हुनसक्छ।’ शहरमा प्रवुद्ध व्यक्तिहरु बस्ने भए पनि आफै गर्नुपर्छ भन्ने भावना र प्रतिवद्धताको कमी रहेको उनको भनाइ छ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले ३/४ महिनाभित्रै नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा गरिसक्ने बताउँछन्। ‘नगरपालिकाभित्र २४७ वटा घरमा शौचालय बनाउन बाँकी रहेको र त्यसका लागि नगरपालिकाले बजेट विनियोजन गरेर काम अगाडि बढिसकेकोले छ।’ उनले भने, ‘तीमध्ये १०० वटा जति बनिसकेका छन्।’

जिल्लाको चार गाउँपालिका तेमाल, रोशी, भुम्लु र चौरीदेउराली तथा मण्डन देउपुर नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ। बाँकी पाँच वटा नगरपालिका र तीन वटा गाउँपालिका घोषणा हुन बाँकी रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

बाँकी रहेको नगरपालिकामध्ये धुलिखेल एक हो। खानेपानी सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक र नगरपालिकाको समन्वयमा स्थानीय संघ÷संस्थाहरुको पहलमा सन् २०१२ मा नै खुला दिसामुक्त घोषणा गर्ने तयारी गरेको भए पनि नगरपालिका अझैसम्म घोषणा हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.