|

कञ्चनपुर : आहारा प्रजातिका जनावर पर्याप्त भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित पाटे बाघको संख्या बढ्न थालेको छ। निकुञ्जको भित्री भागमा धेरै संख्यामा पाटे बाघको संख्या बढेको तथ्यांक पाइएकाे हाे। 

विश्वमै दुलर्भ प्रजातिको सूचीमा रहेको पाटे बाघको बासस्थानमा ध्याई दिइएपछि बाघको संख्या बढेर १७ पुगेको छ। गएको पाँच वर्षको अवधिमा निकुञ्ज क्षेत्रमा पाटे बाघको चोरी शिकारी भएको कुनै रेकर्ड नरहेको निकुञ्जका निमित्त मुख्य संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए। 'सन् २०१६/०१७ मा काल गतीले एक वयष्क पोथी र दुईवटा पाटेबाघका डमरु मरेका थिए' उनले भने, ‘त्यसपछि बाघ मरेको पाइएको छैन।’ ‘चोरी सिकारी नियन्त्रणका लागि प्रतिरोध इकाइहरू गठन, परिचालन, पाटे बाघको प्रशस्त आहारा र बस्नका लागि उपयुक्त ठाउँहरूको व्यवस्था गरिएपछि निकुञ्जमा बाघको संख्या प्रतिवर्ष बढ्दै गएको छ’ उनले भने।

निकुञ्ज र वरपरका क्षेत्रमा पाटे बाघको बासस्थानका रुपमा रहेको घना पतझर जंगल, सदावहार वन, घासे मैदान, सालको वन, तुन्द्रा वन र उष्ण प्रदेशीय खल्ला वनहरूले गर्दा बाघ संरक्षणमा टेवा पुगेको छ। पाटे बाघले मन पराउने आहारा मृग, बँदेल, गौर र निलगाइको संख्या प्रशस्त रुपमा रहेकाले फस्टाउने मौका पाएको छ। गएको पाँच वर्षको अवधिमा ८ देखि १२ को हाराहारीमा रहेका पाटे बाघको संख्या गतवर्ष बढेर १७ पुगेको थियो। यस वर्षको गणनामा बाघको संख्या बढेको अनुमान गरिएको अधिकृत घिमिरेले बताए। 

पाटे बाघले आहारा र डमरु हुर्काउनका लागि निकै ठूलो वन क्षेत्रको उपयोग गर्ने भएकाले निकुञ्जको शुक्लाफाँट, आरक्षनजिक पर्ने लालझाडी क्षेत्र, आरक्षसँगै जोडिएको चुरे क्षेत्र हुँदै महाभारत पर्वत श्रृंखलाको तल्लो भागसम्म बाघले आवतजावत गर्ने जैविक मार्गका रुपमा प्रयोग गर्दै आएकाले बाघको संख्या बढ्दो रुपमा रहेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु (अनुसूची १) मा सूचीकृत रहेको पाटेबाघ विश्वकै सबै भन्दा आकर्षक र सुन्दर जनावरको श्रेणीमा पर्दछ। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि मात्रै बाघको वासस्थानको संरक्षण संवर्द्धनको कार्य सुरू गरिएको थियो। सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघ संरक्षणको कार्य गरिँदै आएको छ। बाघ गणना कार्य भने सन् १९९९ देखि निरन्तर रुपमा प्रतिवर्ष हुँदै आएको छ।

आरक्षको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटे बाघको मुख्य बासस्थानका रुपमा रहेको छ। सन् २०२० सम्म नेपाल सरकारले बाघको संख्या दोव्वर पार्ने योजना बनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.