|
प्रतीकात्मक फोटो

काभ्रेपलाञ्चोक : प्रहरीले संगठीत अपराधमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला(गम्भीर) र धादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ का मोहन कार्की(जीवन्त) रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए। उनका अनुसार काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित क्रसर उद्योगमा गत २०७५ वैशाख १ गते टिपर र स्काभेटरमा आगजनी गरेको विषयमा प्रहरीको अनुसन्धान टोलीले गरेको खोजतलासको क्रममा सो घटनामा संलग्न रहेको आशंकामा ११ गते पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा थप सात दिनको म्याद थपी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। दुवै जनालाई कहाँबाट पक्राउ गरिएको भन्ने जानकारी भने दिएको छैन। प्रहरी प्रमुख खड्काले विषय गम्भीर रहेको र अनुसन्धानको क्रम जारी रहेकोले खोल्न नमिल्ने बताए।

नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लु साइन रोडा ढुंगा उद्योगमा गत वैशाख १ गते आगजनि गरी २ वटा स्काभेटर, एउछा जेसीभि, चार वटा टिपर र एकवटा जेनेरेटरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवैजनालाई संगठीत अपराध(आगो लगाएको मुद्दा) निवारण ऐन २०७० अन्तर्गत मुद्दा चलाइने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.