|

काठमाडौं : नेपाल सरकारको कुल ऋण आठ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा पँँच वर्षको अन्तरालमा ६१ दशमलब ६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ।

पाँच वर्षअघि आर्थिक वर्ष २०७०/७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ। गत आर्थिक वर्षसम्म यस्तो छ अर्ब ९७ अर्ब ६८ करोड रुपैयाँ रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

गत आर्थिक वर्षमा सरकारले लिएको ऋणलाई प्रतिनेपाली भाग लगाउने हो भने एक जनाको टाउकोमा हाल ३० हजार ५४७ रुपैयाँ ऋण पुगेको छ। अघिल्लो आर्थिक वर्षमा प्रतिनेपाली २४ हजार १४३ रुपैयाँ ऋणको दायित्व बोक्नु परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.