|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालीका २ खोल्टीका १३  वर्षीया बालिका निर्मला पन्तको शव आफन्तले विना शर्त सोमवार बिहान महाकाली नदीमा दाहसंकारका  लागि लगेका छन्। महाकाली अञ्चल अस्पतालमा राखिएको शव बुझेर बालिकाका आफन्तले दाहसंस्कारका लागि लगेका हुन्। ‘विना शर्त शव दाहसंस्कारका लागि लग्दै छौ’ मृतकका काका भोजराज पन्तले भने।

चार दिन अघि पन्तको शव उखु वारीमा हत्या गरिएको अबस्थामा फेला परेको थियो। शव फेला परेपछि आफन्तसहित स्थानीय बासिन्दाले हत्याराको खोजि गरी कार्वाहीको माग गर्दै महेन्द्रनगर बजारमा आन्दोलन गर्दै आएका थिए।

 बालिकाका आफन्तले हत्याराको खोजी गरिनु पर्ने, बालिकाको स्मृतिमा पढदै आएको विद्यालयमा अक्षय कोष स्थापना गरिनु पर्ने र पुष्प बाटीका बनाइनु पर्ने माग अघि सारेका छन। बालिकाको हत्या पछि पुरै गाँउ शोक मग्न भएको छ।

साथीको घरमा पढनका लागि गएकी बालिका उखु बारीमा मृत अवस्थामा फेला परेकी थिइन। विरोध प्रदर्शनमा उत्रिएका पक्ष र स्थानिय प्रशासन विच सहमतीका लागि छलफल भएपनि निष्कर्समा पुग्न सकेका थिएनन्। पीडित पक्ष हत्याराको तत्काल खोजी गरी कार्वाही नहुदा सम्म शव नउठाउने अडानमा रहेको थियो।

विना शर्त शव दाहसंस्कारका लागि लगेपनि तत्काल हत्याराको खोजी गरी कार्वाही नहुदा सम्म आन्दोलन नरोकिने पीडित पक्षले बताएका छन्। आन्दोनका कारण घटनाको छानविनमा बाधा परेकाले अपराधि उम्कन सक्ने प्रहरीले बताउदै आएको थियो।     

नगरपालिकाले सहयोग गर्ने 

भीमदत्त नगरपालिकाकाले १३ वर्षिया निर्मला पन्तको हत्या भएको घट्नामा पीडित परिवारलाई कार्यालयबाट सकिने सबै सहयोग गर्ने प्रतिवद्धता गरेको छ। नगर कार्यपालिकाले विज्ञप्ति प्रकाशित गरी पीडित परिवारले उठाएको मागमध्ये कार्यालयबाट सकिने सहयोगका लागि प्रतिवद्धता गरिएको छ।

विज्ञप्तिमा नगर प्रमुख सुरेन्द्र विष्टले मृतक पन्तका परिवारसित पटक पटक भेटघाट गरी मृतक पन्तप्रति श्रद्धाञ्जली र पन्त परिवारमा समवेदना व्यक्त गरेको उल्लेख गरिएको छ। नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले प्रकाशित गरेको विज्ञप्तिमा सबै नगरवासीमा धैर्य धारण र अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ।

बालिका पन्तको घट्नालाई लिएर नगर प्रमुख र नगरपालिकाविरुद्ध भ्रम फैलाउन, समाजमा द्वन्द्व फैलाउने, अशान्ति मच्चाउनेलगायतका कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ। घटनाको छानबिन गरी संलग्नलाई कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। यसैविच, नागरिक समाज, विद्यार्थी संगठन, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले बालिकाको हत्यामा संलग्नको पहिचान गरी कार्वाही गर्न माग गर्दै विज्ञप्ती जारी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.