|

सोलुखुम्बु : आर्थिक वर्ष ०७४\७५ मा १३ करोड रुपैयाँ भन्दा बढी बजेट फ्रिज भएको छ। पुँजीगततर्फको एक आर्थिक वर्षका लागि जिल्लालाई प्राप्त सो बजेट समयसीमाभित्र खर्च हुन नसक्दा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा पूँजीगततर्फ प्राप्त कुल ५९ करोड ३० लाख ६० हजार ५०० मध्ये १३ करोड २ लाख  १३ हजार ६४४ रुपैयाँ खर्च नभएर फिर्ता भएको निमित्त कोष नियन्त्रक एवं लेखापाल नविन राईले बताए।

पूँजीगततर्फ कुल रकममध्ये  ४६ करोड २८ लाख ४६ हजार ८५५ रुपैयाँ ७८ पैसा मात्र खर्च भएको लेखापाल राईको भनाइ छ। प्रतिशतको आधारमा भन्ने हो भने यो कुल बजेटको २१.९६ प्रतिशत हो। आर्थिक वर्ष ०७३\७४ को तुलनामा ३.११ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७३\७४ मा कुल बजेटको १८.८५ प्रतिशत मात्रै फ्रिज भएको थियो।

यता चालुतर्फ भने ६.१८ प्रतिशत मात्रै फ्रिज भएको छ। चालुतर्फको कुल तीन अर्ब ९० करोड ७३ लाख ७६ हजार ७७३ रुपियाँ ६८ पैसामध्ये तीन अर्ब ६६ करोड ५८ लाख १ हजार ९०६ रुपैयाँ ९९ पैसा खर्च भएको छ। चालुतर्फका रकममा कार्यलय सञ्चालन खर्च तथा कर्मचारी तलब पर्ने भएकाले कम फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुले जनाएको छ।

यो तथ्याङ्कअनुसार पूँजीगतको १३ करोड २ लाख  १३ हजार ६ सय ४४ र चालुतर्फको २४ करोड १५ लाख ७४ हजार ८६७ रुपैयाँ खर्च हुन सकेको छैन। यसैबीच, सोलुखुम्बुमा आर्थिक वर्ष २०७४/७५ मा २७ करोड ५३ लाख ५९ हजार १९४ रुपैया ९० पैसा राजस्व सकंल भएको पनि लेखापाल राईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.