|

प्युठान : प्रदेश सरकार समृद्धिको दिशामा अघि बढेको प्रदेश-५ का मुख्यन्त्री शंकर पोखरेलले बताएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले सोमबार होटल आयुष्मामा गरेको पत्रकार भेटघाटमा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले देश नै समृद्धिको नारासहित अघि बढेका कारण प्रदेश पाँच राष्ट्रको समृद्धिको लागि कृषि, पर्यटन, ऊर्जा, सडक, शिक्षा, स्वास्थ्यलगायतका विविध पक्षको सुधार गर्दै समाज सुधारको काममा अघि बढेको बताए।

जिल्ला सदरमुकाम, गाउँपालिका तथा नगरपालिकालाई सडक सञ्जालमा जोड्दै, कृषि आधुनिकीकरण, बजारीकरण र ग्रामीण पर्यटनको अवधारणामार्फत ग्रामीण क्षेत्रको समृद्धिको लागि प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम ल्याएको जानकारी दिए। ‘प्रदेशका १ सय ९ स्थानीय तहमा बहुउद्देश्यी भवन निर्माण गर्ने कार्यक्रम छ।’ मुख्यमन्त्री पोखरेलले भने ‘यसले स्थानीय तहको भौतिक संरचनाको अभावलाई कम गर्नेछ।’ सरकारले मध्यपहाडी लोक मार्ग, हुलाकी सडकलगायतका सडक अवधारणाहरु मार्फत सडक कनेक्टीभिटी पहुँचमा सबै जिल्ला पार्ने गरी काम सुरु गरेको छ।

नौमुरे राष्ट्रको गौरव आयोजना बन्ने

प्युठानका पत्रकारहरूको जवाफमा मुख्यमन्त्री पोखरेलले नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना राष्ट्रको गौरवको आयोजना राम्रो ढंगले निर्माणका लागि काम अघि बढेको बताए। ‘डिपिआर र आइएइको काम भइरहेको छ।’ पोरखेलले भने ‘दुई काम सकेपछि आर्थिक बन्दोबस्त गरेर निर्माण हुन्छ। भारतको सहयोगमा बन्ने भनेको आयोजना सिक्टा सिँचाइ आयोजनाको निर्माण हुने भएपछि नौमुरे ओझेलमा थियो। त्रिदेशीय सडकको कुरामा भने जानकारी नभएको बताए ।  

प्रतिपक्षको भूमिका नकारात्मक

प्रमुख प्रतिपक्षको रूपमा रहेको दलको भूमिका सकारात्मक नभएको पोखरेलको दाबी छ। ‘प्रतिपक्षले संसदीय लेखा समितिको भूमिकामा आफ्नो दाबी गर्नु स्वाभाविक हो तर सम्‍भामुख र उपसभामुखको अहिलेको मागको सन्दर्भमा जायज होइन’ पोखरेलले भने ‘फरक राजनीतिक दलको पहिलो निर्वाचनमा हो तर फरक दलबाट निर्वाचन भएपश्चात सभामुख र उपसभामुख दल नभइ स्वतन्त्र हुन्छन्, तर प्रतिपक्षी संवैधानिक विषय बाहिरको विषय मुद्दा बनाएको छ।’

जनतालाई करको मार छैन

करको सन्दर्भमा पाखरेलले प्रदेश सरकारले कर गरिब जनताको पक्षमा रहेको बताए। धेरै कमाउनेले धेरै र थोरै कमाउनेले थोरै कर तिर्ने नीति लिएको मुख्यमन्त्रीले औँल्याए। ‘कर तिर्न नसक्नेले तिर्नुपर्दैन प्रदेश सरकारले त्यही प्रबन्ध मिलाएको छ।’ मुख्यमन्त्रीले भने ‘विपतमा परेका जनताले समेत अब नि:शुल्क रूपमा सेवा प्राप्त पाउनेछन्, करको मारमा जनता छैनन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.