|

काठडमाडौं : नेपाली नागरिकलाई कुवेतको रोजगारीमा पठाउने अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्सले रोजगारीमा जानेहरूसँग एक लाख ७० हजार रुपैयाँसम्म अतरिक्त पैसा लिने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागले सोमबार उक्त कम्पनीमा गरेको अनुगमनमा यस्तो भेटिएको हो।

बसुन्धरास्थित विभागको टोलीले गरेको अनुगमनका क्रममा कुवेत जाने ३५ जनासँग एक लाख ५० हजार देखि एक लाख ७० हजार रुपैयाँसम्म अतिरिक्त रकम उठाएको फेला परेको विभागका प्रवक्ता उद्धव रिजालले जानकारी गराए। कामदारहरूसँग अतिरिक्त पैसा लिने गरेको उजुरीका आधारमा सोमबार विभागले छापा मारेको थियो।

मंगलबार मात्रै उडान भएका १० जनासहित ३५ जनासँग यस्तो पैसा म्यानपावर कम्पनीले मागेको पाइएको छ। विभागको टोलीले मंगलबार उडान गर्न लागेका १० जनालाई तोकिएको शुल्क १० हजार रुपैयाँमै फ्लाइट जान सक्ने व्यस्था गरेको छ।

प्रवक्ता रिजालका अनुसार मात्रै १० हजार रुपैयाँ शुल्क लिनुपर्नेमा एक लाख ७० हजार रुपैयाँसम्म लिएको पाइएको हो। यसरी अतिरिक्त रकम लिएका म्यानपावर कम्पनीलाई कारवाहीको दायारमा ल्याइने विभागले जनाएको छ। विभागले कम्पनीका अन्य कागजजात पनि नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.