|

विराटनगर : लामो समयसम्म कर नबुझाउने ७२ वटा फर्म तथा उद्योगको कारोबार आन्तरिक राजस्व कार्यालय विराटनगरले रोक्का गरेको छ। चालु आर्थिक वर्षसम्मको अवस्था हेरेर बक्यौता नतिर्ने आयकरका ३८, मूल्य अभिवृद्धि करका ३१ र अन्तःशुल्कका तीन वटा फर्म तथा उद्योगको सबै कारोबार रोक्का गरिएको हो ।

कारोबार रोक्का गरिएको फर्म तथा उद्योगहरुको बैंक तथा वित्तीय कारोबार, वस्तु आयात–निर्यातदेखि बिक्री वितरण एवं घरजग्गा बिक्रीसमेत गर्न नपाउने गरी रोक्का गरिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत दीलिप गौतमले जानकारी दिए।

लामो समयदेखि विवरण तथा कर नबुझाएका यी फर्महरुसँगै चालु आर्थिक वर्षसम्ममा विवरण पेश नगर्ने अन्य फर्महरुमाथि समेत अध्ययन भइरहेको कार्यालयले जनाएको छ। व्यक्तिगत फर्म तथा प्रा.लि.को नाममा दर्ता भएर एक लाख रुपैयाँभन्दा बढी आयकर विवरण बुझाउन बाँकी ४९४ करदाता रहेको कार्यालयको अभिलेखमा छ। आर्थिक वर्ष २०७२/७३ असार मसान्तसम्मको आयकर विवरण नबुझाउने करदाता भने ३३८ रहेको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ। 

आर्थिक वर्ष २०७३/७४ देखि करको बक्यौता देखिएका फर्म तथा प्रालिहरुलाई अहिले सहजीकरणको समय तोकेर कर दाखिला गर्न पत्राचारे गरिएको कार्यालयको भनाइ छ। भ्याटतर्फ २० करोड, आयकर २९ करोड ८५ लाख र अन्तःशुल्क बापत ८७ लाख रुपैयाँ कर बक्यौता देखिएको छ। उनीहरुले आगामी पुससम्ममा पनि विवरण पेश नगरे कारोबार रोक्का हुने कर अधिकृत गौतमको बताए।

कारोबारमा रोक लगाएपछि विवरण बुझाउन आउने फर्महरुलाई जरिवानासमेत लाग्नेछ। ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने तर भ्याटमा दर्ता नभएका फर्महरुले नियमअनुसारको प्रक्रिया पूरा गर्नु पर्नेछ। पछिल्लो समय त महानगरपालिकाभित्र दर्ता भएका व्यवसायीले पनि भ्याटमा अनिवार्य जानुपर्ने प्रावधान छ।

को को छन् कर नबुझाउने फर्म तथा उद्योग​ नामावली हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.