|

काठमाडौं : युरोपेली संघको ८० प्रतिशत र काठमाडौं महानगरपालिकाको २० प्रतिशत लगानीमा काठमाडौंमा संचालित बायो ग्यास प्लान्ट एक महिनादेखि बन्द भएको छ। दुई वर्षअघि मात्रै संचालनमा आएको प्लान्ट पछिल्लो एक महिनादेखि बन्द हुँदा ग्यास उत्पादन हुन नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

२०७३ कार्तिकदेखि काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन महाशाखाले टेकुमा उक्त प्लान्ट संचालन गर्दै आएको थियो। प्लान्ट संचालनमा आएसँगै काठमाडौंको फोहोर प्रयोग गरेर थप प्लान्ट संचालनमा ल्याउने जानकारी गराएको थियो। हालसम्म थप एउटा पनि प्लान्ट नथपिएकोमा भएको एउटासमेत समयमै मर्मत सम्भार नगर्दा उत्पादन बन्द भएको हो।

विभागका प्रमुख हरि कुँवरका अनुसार संचालन गर्नका लागि भारतमा सामान ल्याउनका लागि प्रतिनिधि पठाइएको छ। अबको एक साताभित्र मर्मतका सामग्री आइसक्ने र पुनः ग्यास निकाल्ने काम सुरु गरिने उनको दाबी छ।  

महानगरका वडा २१, १२, १९ र २० मा संकलन गरी छुट्याइएको कुहिने फोहोरबाट दैनिक ६०० टन फोहोर प्रयोग गरी बायोग्यास निकालिँदै आएको थियो। यहाँबाट निकालिएको बायोग्यास कामपाको कार्यालयमा प्रयोग हुँदै आएको छ। 

कामपामा कुहिने र नकुहिने गरी दैनिक ५०० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ। काठमाडौं उपत्यकाबाट एक हजार मेट्रिक टन फोहोर निस्कनेछ। दैनिक निस्कने फोहोरमध्ये ६३ प्रतिशत जैविक छ। करिब एक महिनादेखि उपत्यकामा थुप्रिएको फोहोर एक साता पहिले मात्र व्यवस्थापन गरेर सकिएको छ। 

सम्बन्धित समाचार

निस्कियो फोहोरबाट बिजुली र ग्यास, तिहारलगत्तै औपचारिक उद्‍घाटन 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.