|

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने महाकाली नदीले बगाउँदा एक बालक बेपत्ता भएका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परिगाँउका ११ वर्षीय प्रवेश सिंह मंगबार साँझ ५:३० महाकालीमा बगेर बेपत्ता भएका हुन्।

बाख्रा चराउन गएका बेला पानी पिउन नदी छेउामा जाँदा उनी ढुंगाबाट चिप्लेर महाकालीमा बगेका हुन्। प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.