|

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका ७ निवासी संजिव भुजेलको ट्रेकिङको क्रममा मृत्यु भएको छ। विदेशी पर्यटकसहित चीनको तिब्बत ट्रेकिङ गएका २३ वर्षीय भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए।

केही दिन अगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिए। उनी सहितको टोली शिवम् ट्राभल्स लाजिमपाटबाट केहि दिन अगाडि चीनको तिब्बत गएको बुझिएको छ।

रसुवागढी नाकामा पहिरोले सडक अवरुद्ध गरेपछि मृतकको शव नेपाल ल्याउन समस्या भएको बताइएको छ। अवरुद्ध सडक खुलेसंगै नेपाल ल्याएपछि हेलिकम्पटर मार्फत जन्मगृह ल्याउने पहल भइरहेको स्थानीय भानुभक्त श्रेष्ठले बताए। यता जिल्ला प्रहरी कार्यालयमा भने यस विषयमा कुनैपनि जानकारी नआएको प्रहरी नायव उपरीक्षक रेशमबहादुर पराजुलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.