|

कालिकोट : पलाँता गाउँपालिकाको गडुवाली पाटन चरन क्षेत्रमा रहेका अज्ञात रोगका कारण झण्डै दुईसय भेडाब्राखा मरेका छन्। वर्षायाममा पाटन चरन क्षेत्रमा लगिएका भेडाब्राखा अज्ञात रोगका कारण मरेका हुन् ।

गाउँबस्तीभन्दा टाढाको लेकाली क्षेत्रमा भएका कारणले पशु चिकित्सकको पहुँचभन्दा बाहिर भएका कारण भेडाब्राखा मरेका हुन्। अज्ञात रोगका कारणले गडुवाली पाटनको चरन क्षेत्रमा रहेका पलाँता गाउँपालिका–७ का सर्जन रोकायाका ४०  भेडा, पलाँता गाउँपालिका–६ का नरबहादुर बुढाका ७० भेडा र अन्य गाउँलेका ६० भन्दा बढी भेडा मरेको पलाँता गाउँपालिकाका–७ का मदन रोकायाले बताए।

‘चरन क्षेत्रमा रहेका भेडाब्राखा मरेका छन्’, रोकायाले भने,‘भेडाब्राखा मर्न थालेपछि किसानहरू चिन्तित भएका छन्।’ लेकाली भेगको चरन क्षेत्रमा अज्ञात रोगका कारण भेडाब्राखा मरेको खबर ढिलोगरी गाउँपालिकामा आएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘हामीले भेडाब्राखा मरेको खबर ढिलोगरी पायौँ’, उनले भने,‘त्यहाँ पशु कार्यालयका प्राबिधिक कर्मचारी खटाइसकेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.