|

रत्ननगर : चितवनको रत्ननगरस्थित सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय सुरु गरेका ३५ किसासनले ६० प्रतिशत ब्‍याज फिर्ता पाएका छन्। नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पैसा ल्याएर उक्त सहकारीमार्फत ऋण लिएका ३५ असल ऋणिलाई आज रु ३ लाख ५० हजार बराबरको ६० प्रतिशत ब्‍याज फिर्ता गरिएको हो।  व्यजा फिर्ता पाउँदा किसान दंग भए। फेरि लगानी गर्न हौस्याउने उनीहरुले प्रतिक्रिया दिए।

अधिकतम २ लाखसम्म ऋण लिएर स्वरोजगार कार्यक्रममा लगानी गरेका यहाँका किसानले कम्तीमा ५ हजारदेखि बढीमा २५ हजारसम्म ब्‍याज फिर्ता पाएका सहकारीकी व्यवस्थापक रीतु वाईबाले जानकारी दिइन्।

उनकाअनुसार कोषबाट सहकारीले अघिल्लो वर्ष ४५ लाख रकम ल्याएर यहाँका ४३ जना साना किसानलाई स्वरोजगार कार्यक्रममा लगानी गरेको थियो। त्यसमध्ये असल ऋणी ३५ जनाले ६० प्रतिशत ब्‍याज फिर्ता पाएका हुन्। आज रत्ननगरको बछौलीमा एक कार्यक्रममा बीच किसानहरुलाई ब्याज अनुदान रकम वितरण गरिएको थियो।

सहकारीकी सदस्य कल्पना घिमिरेले रु २ लाख ऋण लिएर गाईपालन गरेकी थिइन्। अहिले गाईपालन फष्टाएकाले आफु स्वरोजगार समेत भएको र आज २५ हजार पैसा फिर्ता पाउँदा खुसी लागेको उनले बताईन्। उनले यसरी ब्‍याजमा अनुदान दिदा झन् काम गर्न हौसला मिलेको बताईन्।

स्थानीय धर्मेन्द्र तामाङले १८ हजार फिताृ पाए । रु १ लाख ५० हजार ऋण लिएकी उषामायाँ चौधत्ररीले रु ११ हजार ६०० फिर्ता पाईन् । यसरी ब्‍याजमा ६० प्रशित आदा आफुहरुलाई हर्षित बनाएको उनीहरुले बताए।

कोषबाट अघिल्लो वर्ष ४५ लाख ल्याएर लगानी गरेको उक्त सहकारीले १५० प्रशित रकम बृद्धिगरी चालुआर्थिक वर्षका लागि रु ६५ लाख ल्याएर ४१ जना किसानलाई लगानी गरेको सहकारीका अध्यक्ष कृष्णप्रसाद खतिवडाले जानकारी दिए।

नयाँ ऋण लिएका सहकारीका सदस्य बालकृष्ण चापागाई अहिले ब्‍याज फिर्ता पाएझैं आगामी वर्ष आफुले पनि ब्‍याज फिर्ता पाउने गरी असल ऋणी बन्ने प्रतिबद्धता जनाए। सहकारीका सदस्यहरुले गाईपालन, मौरीपालन, हस्तकला, सजावटका सामान बनाउने, फेन्सी व्यवसाय, माछापालनमा लगानी गरेका छन्।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका चितवन जिल्ला प्रतिनिधि रामचन्द्र लम्सालले कोषमार्फत यसअघि चितवनका १५ सहकारीमा २० करोड लगानी गरेको र चालु आर्थिक वर्षमा १८ वटा सहकारीमा रु ७ करोड लगानी भएको बताए। साना किसानलाई स्वरोजगार बनाउन नेपाल सरकारले उक्त कार्यक्रम चलाएको हो ।

सो क्रममा रत्ननगर नगरपालिकाका वडाध्यक्षत्रय राजन भट्ट, बलराम दाहाल र कृष्ण महत्तो तथा स्थानिय बासु ढुंगानाले साना किसानलाई स्वरोजगार हुने अबसर प्रदान गरेकोमा सहकारी र युवा स्वरोजगार कोषको प्रशंसा गरे।  सहभागिहरुले यस्ता कार्यक्रमको निरन्तरताको माग गरेका थिए ।

मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारीको पूँजि रु १२ करोड रहेको छ। सहकारीले हालसम्म रु २० करोड ऋण लगानी गरेको जनाईएको छ। सहकारीमा ३ हजार १०० सदस्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.