|

गोरखा : गत वर्ष सुरु भएको आरुघाट गाउँपालिका–१ स्याम्चेतबासीको दुःख यस वर्षको बर्खामा झन् थपिएको छ। माथिको डाँडै खसेपछि स्थानीय थप त्रासमा बस्न बाध्य भएका हुन्। 

‘दिनभरि घरमै हुन्छौँ। साँझ ६ बजेतिर सबैले घर छोड्छन्’, स्याम्चेतका कुमार लामाले भने, ‘राति त हाम्रो गाउँ पूरै खाली हुन्छ।’ पहिरोको डरले रातको समयमा स्याम्चेतका १३४ घरधुरीका बासिन्दा कोही आफन्तकोमा र कोही विद्यालय भवनमा गएर रात बिताउने गरेको अर्का स्थानीय कर्मा लामाले जानकारी दिए। 

१५ दिनदेखि पहिरो झर्न थालेको र केही दिन अघिदेखि निरन्तर पहिरो आएपछि १३४ घरधुरी रातका बेला विस्थापित हुने स्थानीय बासिन्दा बताउँछन्। स्याम्चेतमा १५० घर छन्।

पहिले एक छेउबाट पहिरो गएको, पछि गाउँको बिचबाट चिरिएर गएको उनको भनाइ छ। पहिरोको डरले केही गाउँलेहरुले घरमा भएको सर–सामान समेत अन्यत्र सारेर बस्न थालेको उनले बताए। ‘केही गाउँलेहरु सुत्न मात्रै आफन्तकोमा जान्छन्’, कर्मा भन्छन्, ‘कोहीले सर सामान नै उठाएर अन्तै लगिसके।’ 

गाउँलाई पहिरोले घेरा हालेकाले गाउँले त्रासमा छन्। गाउँलेहरूले गाउँमाथिको पहिरो थप खस्न नदिन दिनभर भल काट्ने गरेको उनले बताए। ‘गाउँलेको रुवाबासी छ’, कर्माले भने ‘हामी  दिनभर खटेर पहिरो फाल्छौँ। ’  

पहिराेकाे जाेखिममा परेसँगै उनीहरुलाई जिल्ला विपद व्यवस्थापन समिति र गाउँपालिकाले एकसय थान तारजाली उपलब्ध गराएको थियो। तर त्यसलाई पनि नाघेर पहिरो झरिरहेको गाउँलेहरु बताउँछन्।

तस्विर– सोम तामाङ

 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.