|

काठमाडौं : नेपाली कांग्रेसले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ। कांग्रेसको वहिष्कारको बीच प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी अस्वीकृत भएपछि कांग्रेसले यस्तो आरोप लगाएको हो। त्यस्तै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीले बताए। 

उनले भने,'यो न्यायालयमाथिको हस्तक्षेप हो, न्यायालयमा सरकारले हस्तक्षेप गरेर इतिहासमै नभएको गल्ती गरेको छ,' उनले थपे,  यसकाे पूरै नैतिक जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्छ'। उनले यस घटनाले लोकतन्त्रलाई राम्रो नगर्ने पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.