|

काठमाडौं :  प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सिफारिस हुने या नहुने भन्ने भएको मतदानमा सिफारिस नगर्नेको पक्षमा १० मत खसेको छ। शुक्रबार संसदीय सुनुवाइ समितिमा रहेका १५ जना सांसद मध्ये १० सांसदले मतदानमा भाग लिएका थिए। जसमध्ये १० जनाले नै सिफारिस नगर्ने पक्षमा भोट हालेका हुन्। 

यीमध्ये नेकपाका नौ र संघीय समाजवादी फोरमका एक सांसाद रहेका छन्। कांग्रेस चार सांसदले मतदान बहिस्कार गरेका हुन्। राजपकाको एक मत रहेकोमा राजपा सांसद सभापति भएको कारण मतदान गरेका थिएनन्। सुनावाइपछि पटक पटक बैठक बसे तापनि सत्ता पक्ष र विपक्ष सांसद बीच सहमति नहुँदा निर्णय लिन ढिलाई भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.