काठमाडौं : सिस्नुपानी नेपालले हरेक तिहारमा जस्तै यसवर्ष पनि देउसी भैलो खेलेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबार प्रज्ञा प्रतिष्ठानक...

काठमाडौं : एअरपोर्टबाटै हराएको बहुचर्चित ३३ किलो सुनको विषयमा तीज गीत बनेको छ। लोक तथा दोहोरी गायक/मोडल सज्जन बोहोराले लोकदोहारी गायिका विमला श्रीषसँग मिलेर यस वर्षको तीज गीतमा ३३ किलो सुनको विषय उठाएका छन्।
सामाजिक विषयवस्तुमा ३३ किलो सुन काण्डको सन्दर्भलाई समावेश गरी गीत एवं भिडियो निर्माण गरिएको छ। गायक बोहोरा र गायिका श्रीषको आवाज रहेको उक्त गीतको शब्द प्रवीण खत्रीले संकलन गरेका हुन् भने बोहराले लय संकलन गरेका छन्।
उक्त गीतको म्युजिक भिडियोमा गायक बोहोरा र गायिका श्रीषले नै अभिनय रहेका छन्। मेसना डिजिटल कम्पनीबाट युट्युबमार्फत् सर्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो एकेन्द्र सारा शंकरले निर्देशन गरेका छन्।
भिडियो :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।