|

काठमाडौंः संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकृत गर्नुको कारण सार्वजनिक गरेको छ। मतदानका आधारमा जोशीलाई अस्वीकृत गरिएको भएपनि जोशीको विपक्षमा मतदान गर्ने सत्ताधारी दलका सांसदहरूले जोशी अस्वीकृत हुनुका ५ कारण सार्वजनिक गरेका हुन्। नेकपाका सांसद योगेश भट्टराईले लिखित रुपमा ५ वटा कारण बताएका छन्। हेरौं जोशी अस्वीकृति हुनुका कारणहरू--

१ न्यायालयको नेतृत्व गर्दा के गर्छु भन्ने ठोस अवधारणा सार्वजनिक गर्न नसकेको 
२ आचरण, इमान्दारिता र कार्यक्षमताका विषयमा उठेको प्रश्नमा सन्तोषजनक जवाफ दिन नसकेको
३ शैक्षिक प्रमाण पत्र र जन्म मितिका विषयमा उठेका प्रश्नमा सन्तोषजनक जवाफ दिन नसकेको
४ पूर्व न्यायाधीशहरूबाट लिखित रुपमै कार्यक्षमता अभाव भएको भनी टिप्पणी भएकोले 
५ प्रधानन्यायाधीश हुँदै गर्दा न्यायालय विकृतिविहीन हुन्छ भन्नेमा सदस्यहरू विश्वस्त हुन नसकेकोले

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.