|

पर्वत : दुईसाता अघिको अबिरल वर्षाका कारण विस्थापित भएका पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितहरूलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले गाउँमै पुगेर भेटघाट गरेका छन्। वर्षासँगै आएको बाढी र पहिरोमा परी घर पुरिँदा गाउँपालिकाअन्तर्गत लस्तीमा एक जनाको मृत्यु भएको थियो भने वडा ७र ८ का २० घर विस्थापित भएका थिए।

अध्यक्ष तिमल्सिनाले शुक्रबार बिहान पहिरो गएको ठाउँको स्थलगत निरीक्षण गर्दै पीडित परिवारलाई राहत पनि दिएका छन्। पहिरो पीडितहरुसँगको भेटघाटमा बोल्दै उनले  लस्ती खोला संरक्षणका लागि तटबन्ध बनाउन तथा पहिरोबाट विस्थापित सुकुम्बासी दलित परिवारको आवास निर्माणका लागि पहल गरिरहेको जानकारी गराएका छन्। ‘सबै विभागीय मन्त्री र सरोकारवालाई पीडितलाई आवास र भत्किएको तटबन्ध बनाउनका लागि ध्यानाकर्षण गराएको छ।’ उनले भने, ‘स्थानीय स्तरमा गरिएको स्टि मेटका आधारमा छिट्टै रकम विनियोजन हुने बिश्वास छ।’ 

अध्यक्ष तिमल्सिनाले बाढी पहिरो पीडितहरूप्रति परिवारको लागि नगद ५ हजार र खाद्यान्न सामग्री पनि गाउँपालिकाका प्रमुख यामबहादुर मल्लमार्फत पीडितलाई प्रदान गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.