|

सल्यान : जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा ५८ करोड रुपैयाँ बजेट फ्रिज भएको छ। चालुतर्फ ४८ करोड ७८ लाख १३ हजार ४०८ र पुँजीगततर्फ ९ करोड ४८ लाख ५९ हजार ६०४ गरी ५८ करोड ४८ लाख ५९ हजार रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानले जनाएको छ। कार्यालयका अनुसार जिल्लाका भिन्न कार्यालयहरूको यस वर्ष ५८ करोड २६ लाख १८ हजार ९९३ रुपैयाँ बजेट फ्रिज भएको जनाएको छ। 

चालुतर्फ चारअर्ब ६५ करोड ४० लाख ६६ हजार ९६९ बजेट मध्ये  ४ अर्व १६ करोड ६२ लाख  ५३ हजार ५६१ खर्च भएको छ। यस्तै पुँजीगततर्फ ४४ करोड १८ लाख ३४ हजार बजेट मध्ये ३४ करोड ६९ लाख ७४ हजार  ३९६ खर्च भएको छ। यस वर्ष सबै भन्दा बढी जिल्ला समन्वय समितिको बजेट फ्रिज भएको छ। 
समितिको ३९ करोड २१ लाख ५७ हजार ६६९ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका प्रमुख बिनोदप्रसाद अधिकारीले बताए।

समयमै काम सम्पन्न नभएकोले पनि यसरी बजेट फ्रिज हुने गरेको उनको भनाई रहेको छ। उनले भने, 'निर्माण व्यवसायीले समयमै काम नगरेकाले बजेट फ्रिज हुने गरेको छ।' यस्तै स्थानीय तहअन्तर्गत दार्मा गाउँपालिको बजेट फ्रिज भएको छ। दार्मा गाउँपालिकाको ६८ लाख ७९ हजा ३२९ रुपैयाँ फ्रिज भएको छ। यस्तै शारदा नगरपालिकाले ५२ लाख ६६ हजार १०,बन्गाड कुपिण्डे नगरपालिकाको ३८ लाख ५७ हजार ६०० रुपैयाँ फ्रिज भएको अधिकारीले बताए। 

गतसालको तुलनामा यस वर्ष बढी बजेट फ्रिज भएको छ। गत आर्थिक वर्षमा २०७३/०७४ मा २६ करोड १७ लाख ३४ हजार २७३ रुपैयाँ फ्रिज भएको थियो। कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार जिल्लामा यस वर्ष १२ करोड १ लाख ७५ हजार ९ सय ५७ रुपैँया ७३ पैसा राजश्व संकलन भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.