|

ताप्लेजुङ : लाखे जात्राको अवसरमा प्रत्येक वर्ष खेलाइँदै आएको पाथिभरा गोल्डकपको पुरस्कार राशी यस वर्ष वृद्धि  गरिएको छ। ताप्लेजुङ सदरमुकामको भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा आगामी भदौ ८ गतेबाट १६ गतेसम्म सञ्चालन हुने तेस्रो पाथिभरा गोल्डकपको पुरस्कार दुई लाख ११ हजार १११ बाट बढेर दुईलाख ५१ हजार रुपयाँ पुगेको हो। 

द्वितिय पुरस्कार एक लाख ११ हजार १११ बाट बढाएर एकलाख २५ हजार पुर्‍याइएको छ। लाखेजात्रा संचालक समितिद्वारा शुत्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्षको फुटवल प्रतियोगिता आगामी भदौ ८ गतेबाट सुरु हुने खेलमा १० टिमको सहभागिता रहने छ।

जसमा ताप्लेजुङ-११ र कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङसहित एम्ब्रोज क्लब मोरङ, न्यू स्टार क्लब झापा, रेड स्टार क्लब झापा, राष्ट्रिय जागृति क्लब सुनसरी, रेडहर्स क्लब इलाम, फिदिम स्पाेटिङ क्लब पाँचथर, चर्च व्वाइज युनाइटेड क्लब काठमाडौं र रोयल फुटबल टिम सिलीगुढी रहेका छन्।

यो पाथिभरा गोल्डकपको तेस्रो संस्करण हो। पाथिभरा गोल्डकपलाई सफल बनाउन भन्दै आयोजकले विभिन्न विभिन्न ११ उपसमिति गठन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.