|

कालिकोट :  कर्णाली राजमार्ग अन्तर्गतको खाँडाचक्र नगरपालिका८ को सेराबाडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

तिलागुफा नगरपालिका– ७ को छाप्रेबाट खाँडाचक्र नगरपालिकाको मान्मतर्फ आउँदै गरेको ट्याक्टर शुक्रबार राति दुर्घटना हुँदा चालक सुर्खेत गुटु–८ का २६ वर्षीय सुरथसिंह बोहराको मृत्यु भएको हो ।

ट्याक्टरको 'ब्रेक फेल' भएर सडकभन्दा तल खसेको र घटनास्थलमै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.