|

काठमाडौंः फोटो पत्रकारहरुको संस्था पि जे क्लबले राजधानीमा गरेको फोटो प्रर्दशनीमा उल्लेख्य भीड लागेको छ।
राजधानीको बबरमहल स्थित आर्ट काउन्सिलमा जारी फोटो प्रर्दशनी अवलोकनका लागि बालबालिका, प्रौढ देखि सबै उमेर समुहका पुगेका छन्। गत बुधबार देखि जारी फोटो प्रर्दशनीमा सनिबार तुलनात्मक रुपमा अवलोकन कर्ताको भीड बढेको छ।

प्रर्दशनीमा मुलुकभरका फोटो पत्रकारले खिचेका १ सय ६० वटा फोटो राखिएको छ । पि जे क्लबका उपाध्यक्ष शालिकराम तिवारीले बन्यजन्तु, प्रकृति, समाचार, खेलकुद, संस्कृति, दैनीक जीवनशैली तथा खुसीका क्षणहरु कैद गरिएका तस्वीरहरुहले अवलोकनकर्तालाई सबै किसिमको मनोरञ्जन दिने बताए।

राजधानी पछि सबै प्रदेशमा फोटो प्रर्दशनी आयोजना गर्ने लक्ष्य क्लबले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.