|

पर्वत : म्याग्दीको मंगला गाउँपालिका-२ भाइबाङ घर भई पर्वतको जलजला गाउँपालिका-२ बगरफाँटमा बस्दै आएकी शोभा अधिकारीको सपना थियो युरोप पुगेर परिवारको लागि आर्थिक जोहो गर्ने थियाे। वैदेशिक रोजगारीमा रहेका श्रीमान ५ वर्ष अगाडि घर फर्किएपछि अधिकारी दम्पतीको निर्णय श्रीमती युरोप जाने र एक छोरा र एक छोरीलाई सदरमुकामकै निजी विद्यालयमा पढाउने। 

शोभाका श्रीमानको एक्लाे आम्दानीले खर्च धान्न नसक्ने भएपछि श्रीमान श्रीमती यो निर्णयमा पुगेका थिए। यही सपना पूरा गर्नकै लागि २५ वर्षीय शोभाले बेनीमा रहेको ड्राइभिङ इन्स्टिच्युटमा ट्याक्सी सिक्न थालिन्। १५ दिनमै उनी ड्राइभिङमा सिपालु बनिसकेकी थिइन्। अब केही दिनमै ट्रायलमा जाने तयारी गरेकी शोभाको सपना भने म्याग्दी खोलासँगै बगेका छन्।

प्राय श्रीमानलाई पनि लिएर ट्याक्सी सिक्ने ठाउँ बेनीको बुहउद्देश्यीय मैदानमा पुग्ने गरेकी शोभा बर्खे बिदा भएका कारण साथीको रूपमा छोरालाई साथमा लिएर ट्याक्सी सिक्ने स्थानमा पुगिन्। उनले ८ वर्षीय छोरा सागरलाई ट्याक्सीको पछिल्लो सिटमा राखेर ट्याक्सी चलाइन। म्याग्दीखोलासँगै जोडिएको सिक्ने मैदानमा उनी अगाडि बढिन्।

कृषि उपज केन्द्रनजिक पुग्दा उनले व्याक गियरमा राखेर ट्याक्सी फर्काउनै लाग्दा यस्तो क्षण आयो उनको यूरोपका सपना त्यहीँनेर सपनामै सीमित बन्न पुगे। व्याक गरेर फर्काउन लागेको ट्याक्सी उनले अगाडि बढाउन सकिनन्। जसका कारण ट्याक्सी व्याक हुँदै म्याग्दी खोलामा खस्याे। एक छोरा, एक छोरी र श्रीमानका हरेक आवश्यकता पूरा गर्ने शोभा छोरी र श्रीमानलाई छोडेर छोरासँगै म्याग्दी खोलामा बगिन्। ड्राइभिङ इस्टिच्युटका संचालक कर्णबहादुर घिमिरे पनि दुर्घटना हुनुपूर्व अधिकारीसँगै ट्याक्सीमा नै थिए। बीचैमा शौच लागेपछि घिमिरे शौचालय गएका थिए। त्यही बेलामा दर्दनाक दुर्घटना भयो।

घिमिरेले प्रहरीसँगको बयानमा ट्याक्सी खोलामा खसेपछि शोभाले हात बाहिर निकालेर पटक-पटक उद्धारका लागि गरेको अनुरोधलाई देखेर पनि आफूले उद्धारको प्रयास गरे पनि खोलामा पसेर उद्धार गर्न नसकेको बताए। शुक्रबार अगाडि नै शोभाले बजारमा पनि ट्याक्सी राम्रोसँग चलाउन सकेकोले आफू शोभाको ड्राइभिङमा ढुक्क रहेका कारण नै आफू शौचालय गएको घिमिरेको भनाइ छ। 

सिक्दै गरेको ट्याक्सी नदीमा खसेर आमाछोरा बेपत्ता 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.