|

सोलुखुम्बु : जिल्लाको खुम्जुङ माध्यमिक विद्यालयका तीनजना विद्यार्थी गोकियो तालमा डुबेर बेपत्ता भएका छन्। भ्रमणमा गएका विद्यार्थी नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

बेपत्ता हुनेमा खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत खुम्बुपासाङल्हमु गाउँपालिका-४ निवासी अन्दाजी वर्ष १७ को पेम्बा दोर्जे शेर्पा, अन्दाजी वर्ष १६ को पेम्बा नुरु शेर्पा र खुम्बुपासाङल्हमु गाउँपालिका ५ बस्ने अन्दाजी बर्ष १६ को सुनिल बराईली रहेका छन्।

कक्षा ९ मा अध्ययनरत ३३ जना विद्यार्थी सोही विद्यालयका शिक्षक छुङजिङ दोर्जे शेर्पा र  रन्जित बलसहित शैक्षिक भ्रमणमा गएको बताइएको छ। शुक्रबार भ्रमणमा गए पनि शनिबार बिहान १०:४५ बजे प्रहरी चौकी खुम्जुङमा स्थानीय निमा नुर्बु शेर्पाले खबर गरेको प्रहरी भनाइ छ।

प्रहरीमा खबर हुनसाथ उद्धारको लागि खुम्जुङ बाट सिम्रिक एयरको हेलि द्वारा ४ जना स्थानिय र प्रहरी चौकी खूम्जुङ प्रहरी टोली खटिएको प्रहरी नायव उपरिक्षक रेशम बहादुर पराजुलीले जानकारी दिए।  उक्त स्थानमा कुनै फोन सम्पर्कसमेत नहुने भएकोले घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.