|

पाल्पा : पाल्पामा शनिबार जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तानसेन नगरपालिका -१० गणशालका २५ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए।

तानसेनबाट रिब्दीकोट गाउँपालिका-६ ठिमुरेतर्फ जाँदै गरेको बा१च ८९७० नम्बरको जीप बेलुकी ६ बजेतिर ठिमुरेको देउरालीमा दुर्घटना भएको उनले बताए। उनका अनुसार बेपत्ताहरूको खोजीकार्य जारी छ। जीप सडकभन्दा ५० मिटर तल खसेको छ। सडक चिप्लो र कच्ची भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक पन्तले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.